२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नेपाल नेत्रज्योति संघले एसियामै छुट्टै पहिचान बनाउँदै

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ १८ गते २२:३२
नेपाल नेत्रज्योति संघले एसियामै छुट्टै पहिचान बनाउँदै

रौतहट : नेपालकै सब भन्दा पुरानो संस्थाको रुपमा रहेको नेपाल नेत्रज्योति संघले आँखाको क्षेत्रमा निकै अगाडि फर्को मागेको छ । 

‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा सबैको साझेदारी’ भन्ने मूल  नारालाई अगाडि बढेको संस्थाले आरएएपी सर्वेक्षण पुस्तिका विमोचन गरेको छ । मधेश प्रदेशको मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख अतिथिमा  उक्त पुस्तिका विमोचन गरिएको हो । 

कार्यक्रमको अध्यक्षता नेपाल नेत्रज्योति संघ मधेश प्रदेशका सभापति रविन्दलाल चौधरीले गरेका थिए । कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा प्रोफेसर डाक्टर चेतराज पनत, विशिष्ठ अतिथि श्याम कुमार पोखरेल, गौर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार सिंह लगायतको उपस्थिति रहेको थियो ।

नेपाल नेत्रज्योति संघले आगामी दिनमा स्थानीय सरकारदेखि सिंहदरबारसम्मको साथ र सहयोगमा नेपालभर शिविर सञ्चालन गर्ने, विद्यालय आँखा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको सो अवसरमा जानकारी गराइएको थियो । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise