२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बञ्चरेडाँडामा सीसीटीभी क्यामरा जडान, काठमाडौंबाटै निगरानी 

ADV
मध्यान्ह
२०८१ भदौ २० गते १०:५८
बञ्चरेडाँडामा सीसीटीभी क्यामरा जडान, काठमाडौंबाटै निगरानी 

काठमाडौं : काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएको सेनेटरी ल्यान्डफिल साइट बञ्चरेडाँडामा काठमाडौं महानगरले सीसीटीभीबाट निगरानी गर्ने भएको छ ।

साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको हो । क्यामराबाट प्राप्त दृश्यहरू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ । 

साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा वुथ देखिने गरी क्यामरा राखिएका छन् । ९ वटा क्यामराका दृश्यबाट साइटको निगरानी हुने बताइएको छ । 

साइटमा जडान गरिएका क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपीआर) क्यामरा हुन् । जुन क्यामराले डिजिटल मात्र नभई हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सकिनुका साथै नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सकिनेछ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise