२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मनऋषि धितालका ‘जनयुद्धकालीन डायरीहरु’माथि संवाद

ADV
दिलमाया शाही
२०८१ जेठ २९ गते २१:०८
मनऋषि धितालका ‘जनयुद्धकालीन डायरीहरु’माथि संवाद

जुम्ला : जुम्ला निवासी वरिष्ठ पत्रकार मनऋषि धितालका जनयुद्धकालीन प्रकाशित डायरीमाथिकोे संवाद गरिएको छ । 

काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमोचिन गरेका गुफा प्रेसका चिठी, जेलयात्रा, गण्डकयात्रा, पिलियात्रा,राजमार्ग यात्रा, वेनियात्रा र आधार यात्रा जनयुद्धकालीन पुस्तकहरुको संवाद जुम्लामा गरिएको हो ।

लेखक धितालको गृह जिल्ला जुम्लामा रहेको पत्रकार महासंघको हलमा गरिएको संवाद कार्यक्रममा स्थानीय शिक्षा क्षेत्रका प्राज्ञिक व्यक्तित्व, राजनीतिक दल, प्रशासन, वुद्धिजिवीले धितालको कृति निकै महत्वपूर्ण रहेको  बताएका थिए । 

पुस्तकको टिप्पणी गर्दै जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डा.ओम प्रकाश आचार्यले पुस्तक आफैंमा इतिहासको जिवित दस्तावेज भएको बताए । उनले  पिलीयात्रा पुस्तक पश्चिम नेपालमा भएको घटनाको विषयमा भएका गतिविधिको उल्लेख रहेको बताए  । 

त्यस्तै राष्ट्रिय समाचार समितिका प्रमुख शुरबहादुर सिंहले गुफा प्रेसका चिठीको टिप्पणी गरेका थिए । उनले युद्धमा एक साथी अर्कोमा सञ्चार गर्न, दुःख, सुख, रोदन र   जागर जस्ता  क्रियाकलपाको विषयमा सञ्चार गरिरहेको बताए  ।  

त्यस्तै लेखक तथा साहित्यकार खडानन्द चौलागाईंले धितालको जेल यात्राको टिप्पणी गरेका थिए । उनले आन्दोलनको मौदानमा जाँदा जेल भुक्तान गरेको विषय निकै संघर्षको कथा रहेको बताए ।  त्यस्तै कर्णाली माध्यामिक विद्यालयका प्रधानाध्यापक मिनराज शर्माले राजमार्ग यात्रा पुस्तकको समीक्षा अनुसार राजमार्ग क्षेत्रमा भएका तत्कालीन गतिविधिको विषयमा पुस्तकले  प्रष्ट पारिएको  बताए  । त्यस्तै नेकपा माओवादी केन्द्रका वुद्धिजिवी संगठन जुम्लाका अध्यक्ष हिक्मत बुढ्थापाले किताबले आफैँमा त्यसबेलाका गतिविधिका विषयमा जोड दिइएको बताए ।

त्यस्तै पुस्तकको समीक्षा गर्दै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले तत्कालीन अवस्थामा भएका र लागेका कुराहरुलाई दस्तावेजीकरण आफैँमा महत्व भएको  बताए । 

त्यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महतले हरेक वेलाका क्रान्तिलाई सघाउने केही दस्तावेजको महत्व भिन्नै हुने बताए । 

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज विर्ख बहादुर शाहीले युद्धमा भोगेका बिषयमा लेखकले थालेको इतिहास पढ्न पाउने अवसर पाएको बताए । 

त्यस्तै नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज प्रेम प्रकाश ओलीले धितालका प्रकाशित किताबको अवस्था युद्धमा भोगेका कारण आज अध्ययन गर्न पाइने अवसरका लागि धन्यवाद ज्ञापन गरे  । 

त्यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठनका कर्णाली प्रदेश अध्यक्ष देवेश्वर गिरीले विद्यालय स्तरमा समेत किताब पुग्न आवश्यक रहेको बताए  । 

त्यस्तै लेखक मनऋषि धितालले आफु जन्मेको स्थानमा किताबको संवाद गर्न पाउँदा प्रेरणा मिलेको बताए । कर्णाली संवाद कार्यक्रमका अध्यक्ष तथा इलमका संरक्षक खेमराज लकाईले कर्णालीले दिएको आतित्थ्यता देख्दा गर्व लागेको बताए । 

त्यस्तै माक्वादी ज्ञान केन्द्रका कर्णाली प्रदेश अध्यक्ष जयशंकर धितालले युद्धकालीन डायरी आफैँमा इतिहास बोकेको बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise