२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

अत्यधिक गर्मीले बाणगंगाका विद्यालय ३ दिन बिदा

ADV
क्षितिज किरण
२०८१ जेठ २९ गते २१:१२
अत्यधिक गर्मीले बाणगंगाका विद्यालय ३ दिन बिदा

कपिलवस्तु : कपिलवस्तुसहित तराई मधेशमा बढेको अत्याधिक गर्मीका कारण पठनपाठनमै समस्या भएपछि बाणगंगा नगरपालिकाभित्रका विद्यालय बन्द भएका छन् । नगरपालिकाले एक सूचना सार्वजनिक गर्दै गर्मीका कारण जनजीवन प्रभावित भएको र बालबालिकाहरूको स्वास्थ्यमा समेत असर पर्ने भएकाले यही जेठ ३० गतेदेखि ३२ गतेसम्म नगर भित्रका सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

नि. प्रमुख प्रशासकीय अधिकृत राजकुमार तिवारीद्वारा हस्ताक्षरित सूचनामा वर्षे बिदाबाट कट्टा हुने गरी ३ दिन बिदा दिने निर्णय गरिएको जनाइएको छ ।

पछिल्ला केही दिनयता तराई मधेशका जिल्लामा अत्याधिक गर्मी बढिरहेको छ । बिहीबार र शुक्रबार कपिलवस्तुको सदरमुकाम तौलिहवाको तापक्रम ४६, बाणगङ्गाको ४३ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । तापक्रम ४० डिग्रीभन्दा माथि पुगेपछि जनजीवन प्रभावित बनेको छ । गर्मी अझै केही दिन बढ्ने मौसमविद्हरूले बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise