२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मावि कर्कच गुठीमा निर्वाचनबाटै विद्यालय व्यवस्थापन समिति चयन हुने

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ २१ गते २१:३२
मावि कर्कच गुठीमा निर्वाचनबाटै विद्यालय व्यवस्थापन समिति चयन हुने

रौतहट : रौतहट देवाही गोनाही नगरपालिका वडा नं ६ स्थित कर्कच कर्मैया टोलका श्री माध्यमिक विद्यालय कर्कच गुठीको विद्यालय व्यवस्थापन समितिको लागि निर्वाचन हुने भएको छ । 

बैठकद्वारा चुनावको माध्यमबाट समिति चयन हुने प्रस्ताव सर्वसम्मतले पारित भएपश्चात् समिति चयनका लागि निर्वाचन प्रक्रिया अन्तिम विकल्प भएको भन्दै निर्वाचन प्रक्रियाबाट समिति चयन गरिने विद्यालयका प्रधानाध्यापक पवन पंडितले बताए ।

अभिभावकहरुमध्ये इच्छुक भएका अभिभावकहरुले भदौको २४ गते उम्मेदवारको मनोनयन पत्र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सम्पूर्ण विवरण, कैफियतहरु विद्यालयको प्राङ्गणमा राखिएको निर्वाचन कार्यालयमा भौतिक उपस्थित भइ उम्मेदवारको दावी तथा विरोधमा उजुरीपत्र दर्ता गर्न अनुरोध गरिएको छ ।  

साथै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा भदौ २५ गते र उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोही दिन दिउँसो १ बजे तथा उम्मेदवारलाई चिन्ह प्रदान गर्ने लगायतको नियम कानून निर्माण गरिने विद्यालयका प्रधानाध्यापक पंडितले बताए । 

त्यस्तै चुनाव भदौ २८ गते बिहान ८ बजेदेखि शुरु भइ  दिउँसो ४ बजेसम्म मतदान हुने देवाही गोनाही नगरपालिकाको शिक्षा शाखा प्रमुख अरबिन्द यादवले बताए ।

बैठकमा देवाही गोनाही नगरपालिका वडा नं ६ कर्कचका वडाध्यक्ष विष्णु दास, पूर्व वडाध्यक्ष अनिलकुमार झा, महेश यादव, पवन पंडित, राजु यादव, वडा नम्बर ५ टिकुलिसरयाका वडाध्यक्ष ओपिन्द्र साह, स्थानीयहरु तथा जनप्रतिनिधिहरु लगायतको रोहवरमा चुनावका लागि विभिन्न विद्येयक पास गरी भदौ २८ गते शुक्रबार चुनाव हुने तय भएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise