२०८१ असोज २१ गते सोमवार / Oct 07 , 2024 , Monday
२०८१ असोज २१ गते सोमवार

पलेशालाई कांग्रेसको ५ लाखसहित सम्मान

ADV
मध्यान्ह
२०८१ भदौ २३ गते १७:४२
पलेशालाई कांग्रेसको ५ लाखसहित सम्मान

काठमाडौँ : नेपाली कांग्रेसले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता ओलम्पिकमा पदक विजेता पलेसा गोवर्धनलाई ५ लाख नगदसहित सम्मान गरेको छ । यसैगरी  प्रशिक्षक कविराज नेगीलाई नगद १ लाख ५० हजार रुपैयाँसहित कांग्रेसले सम्मान गरेको छ ।

आइतबार केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम आयोजना गरी कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले पलेसा र उनका प्रशिक्षक कविराज नेगीलाई नगदसहित सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलगायतको सहभागिता थियो ।  पलेसा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनी प्रतिस्पर्धा गरेकी पलेशाले कास्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

ADVADV

सम्बन्धित खबर

Advertise