२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

श्री माध्यमिक विद्यालयमा तालाबन्दी

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ २३ गते २१:४५
श्री माध्यमिक विद्यालयमा तालाबन्दी

रौतहट : रौतहटको फतुवा–बिजयपुर नगरपालिका १ बैरगनियामा रहेको श्री माध्यमिक विद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । 

शिक्षक अभाव, कालोपाटीको अभावको कारण अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । विद्यालयका प्रधानाध्यापक रामनाथ यादवका अनुसार तालाबन्दीका कारण विद्यालयमा पठनपाठन पूर्ण रूपमा अवरुद्ध भएको छ । विद्यार्थीहरूको मागलाई सम्बोधन नगरेसम्म तालाबन्दी जारी रहनेछ भन्ने उनीहरूको अडान रहेको यादवले बताए । 

विद्यार्थीहरूले शिक्षकको अभावका कारण आफूहरूले गुणस्तरीय शिक्षा पाउन नसकेको, डेस्क बेन्चको अभावले कक्षाकोठामा बस्नसमेत समस्या भएको र कालोपाटीको कमीले अध्ययन–अध्यापनमा कठिनाइ भएको गुनासो गर्दै आएका छन् । 

विद्यालयमा शिक्षण गर्न आउने शिक्षक–शिक्षिकाहरू तालाबन्दीका कारण चर्काे  घाममा बस्नुपर्ने र पछि घर फर्किनुपर्ने बाध्यता रहेको छ । यसले विद्यालयको पठनपाठन मात्र नभई शिक्षकहरूको मनोबल पनि कमजोर बनाएको छ । 

शिक्षा क्षेत्रका सरोकारवालाहरूले विद्यार्थीहरूको मागलाई यथाशीघ्र सम्बोधन गरेर विद्यालयको नियमित गतिविधि पुनःसुचारु गर्न पहल गर्नुपर्ने आवाज उठ्न थालेको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise