२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

घर फर्कँदै गरेका चौधरीको क्वालालम्पुर विमानस्थलमै मृत्यु

ADV
तिलोचन गौतम
२०८१ भदौ २४ गते ०६:५५
घर फर्कँदै गरेका चौधरीको क्वालालम्पुर विमानस्थलमै मृत्यु

क्वालालम्पुर : वैदेशिक रोजगारीबाट घर फर्किँदै गरेका दाङको तुल्सीपुर उपमहानगरपालिका–११ का ४३ वर्षीय रुपलाल चौधरीको मलेसियाको क्वालालम्पुर विमानस्थलमा अचानक मृत्यु भएको छ । शनिबार दिउँसो नेपाल फर्किने क्रममा विमानस्थलमा आएर परिवारसँग निरन्तर कुराकानी गरिरहेका चौधरी अचानक ढलेका थिए ।

बोर्डिङ पास लिएर लगेजहरु पठाएपछि उडानको प्रतीक्षामा रहेका बेला उनी बेहोस हुन पुगेका थिए । त्यसको केही समयमा उनको निधन भएको बताइएको छ ।

पोष्टमार्टमापछि चौधरीको शव नेपाल पठाइने क्वालालम्पुरस्थित नेपाली दूतावास स्रोतले बताएको छ । घर फर्किन विमानस्थलमा आएका चौधरीको निधनपछि परिवार शोकाकुल बनेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise