२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

एनआरएनए साउदीले मनायो तिज

Nada
अन्जान गुभाजु
२०८१ भदौ २४ गते ०७:५६
Shares
एनआरएनए साउदीले मनायो तिज

साउदी अरब : गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । 

ncell

तिज पर्वको दिन शुक्रबार साउदीको पूर्वी क्षेत्र दम्माम सफ्वाको सादी रिसोर्टमा आयोजित कार्यक्रममा चर्चित लोक ब्याटल गायिका प्रिती आलेले आफ्नो उत्कृष्ट प्रस्तुति दिएको कार्यक्रममा नेपाली दूतावासका काउन्सिलर श्रम देवेन्द्र कार्की प्रमुख अतिथि रहेका थिए । 

पानसमा बत्ती बालेर राष्ट्रिय गानबाट औपचारिक कार्यक्रम सुचारु गरिएको उक्त कार्यक्रममा आयोजक एनआरएनए साउदीले उपस्थिति सबैलाई स्वागत मन्तव्यसहित हरितालिका तिजको शुभकामना व्यक्त गरेको थियो। 

No description available.

पहिलो पटक साउदीमा सक्रिय संस्थाको समर्थनमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष रबिना अर्यालले नेपाली महिलाहरूको पर्व तिजलाई साउदीमा नेपालकै अनुभूति हुने गरी भव्यरुपमा मनाउन पाइएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउनका लागि साथ र सहयोग गर्ने सम्पूर्णमा आभारका साथ तिजको शुभकामना व्यक्त गरिन् । 

कार्यक्रममा चर्चित गायिका आलेले 'तिजको लरि लै', 'सोल्टी राजाको तुम्लेट', 'नयाँ साथी', 'नानीको कहाँ पर्‍यो घर', 'फुल्लो बाबरी', 'दुनियालाई', 'खरि झर्‍यो'जस्ता गीतबाट दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएकी थिइन् । 'तिजको रहर आयो बरि लै' गीतमा सामूहिकरूपमा नृत्य गर्नुका साथै 'आइन आमा यो तिजमा', 'रमाइलो गरौं सँगी हो तिजको लहर', 'चिटिक्कै भाकी छौ रे', 'खाउँकी कि नखाउँ दर कोसेली', 'कोही छैन सँग सँगै घुम्न', 'हङकङको साडीले हरिया हरिया'जस्ता रिमिक्स तिजका विभिन्न गीतहरूमा गर्मीको बाबजुद उपस्थित दिदी बहिनीहरूले कम्मर मर्काएर नाच्दै रमाइलो गरेका थिए । 

No description available.

निःशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा साउदीमा सक्रिय स्थानीय कलाकारले आफ्नो उत्कृष्ट प्रस्तुति दिएका थिए भने गायिका आलेको सम्पूर्ण खर्च अध्यक्ष रबिना अर्यालबाट व्यक्तिगतरुपमा गरिएको थियो । कार्यक्रममा साउदी अरेबियामा सक्रिय संघसंगठनका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वको उल्लेखनीय सहभागिता रहेको थियो । मध्यान्ह राष्ट्रिय दैनिक पनि कार्यक्रमको मिडिया पार्टनर रहेको थियो ।

सम्बन्धित खबर