२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

शहरी विकास मन्त्रीलाई एमालेको ध्यानाकर्षण : सर्वोच्चको परमादेश पुनरावलोकनका लागि ९ बुँदे पत्र 

ADV
मध्यान्ह
२०८१ भदौ २४ गते १४:३६
शहरी विकास मन्त्रीलाई एमालेको ध्यानाकर्षण : सर्वोच्चको परमादेश पुनरावलोकनका लागि ९ बुँदे पत्र 

काठमाडौँ : नेकपा एमालेले उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई सर्वोच्चको परमादेश पुनरावलोकनका लागि ध्यानाकर्षण गराएको छ । 

‘नागरिकका लागि नगर’ भन्ने मूल भावनालाई समेट्ने गरी नागरिकलाई विस्थापन नगर्ने गरी मापदण्ड निर्धारण गरी पुनरावलोकनका लागि कानूनी प्रबन्ध गर्न ९ बुँदे ध्यानाकर्षण गराएको हो ।

आफूहरूले उठाएका विषयलाई उपप्रधानमन्त्रीले सकारात्मक रूपमा लिएको बताउँदै आगामी दिनमा थप सहकार्य गरेर अघि बढ्ने एमालेका शहरी विकास विभागका प्रमुख शेरबहादुर तामाङले बताए । 

सर्वोच्च अदालतको २०८० पुस ३ गतेको परमादेशले काठमाडौं उपत्यकाभित्रका नदी सहायक नदी र खोला लगायतका तटीय क्षेत्रमा नक्सा पास गरी वैध संरचना बनाएर बसोबास गरिरहेका र व्यवसाय सञ्चालन गरिरहेका लाखौँ परिवारहरू प्रभावित हुने कतिपय धार्मिक सांस्कृतिक सामाजिक संरचनाहरू समेत हटाउनुपर्ने जटिल स्थिति देखा परेको पत्रमा उल्लेख छ ।

ADVADV

सम्बन्धित खबर

Advertise