२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गौर नगरभित्रका विद्यालयहरुको अनुगमन

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ २५ गते २१:१९
गौर नगरभित्रका विद्यालयहरुको अनुगमन

रौतहट : रौतहट गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले  गौर नगरभित्रमा रहेको सामुदायिक विद्यालयमा आकस्मिक निरीक्षण गरेका छन् । विद्यालयमा मेयर साहले आकस्मिक रुपमा विद्यालयमा प्रवेश गरी  विद्यार्थीसँग बसेर केही बेर कक्षामा हुने गरेको शिक्षण सिकाइको प्रकृया बुझ्दै  नगरपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गरेका हुन् । 

साहले गौर ५ स्थित आधारभूत विद्यालय, बाल मन्दिरसहित गौर नगरकै वडा नं.१,२,३ लगायतका आधारभूत विद्यालयको अनुगमन गरेका छन् ।

शैक्षिक शाखाका संयोजकसहितको टिमलाई लिएर विद्यालय पुगेका मेयर साहले विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गरेका थिए । उनले विद्यालयको भौतिक संरचनाको अवस्था, शैक्षिक गुणस्तर, विद्यार्थीको नियमितता, शिक्षकहरुको लगनशीलता, गृहकार्यको अवस्थालगायतका विषयमा जानकारी लिएका थिए । मेयर साहले सामुदायिक विद्यालयका भौतिक अवस्था, पूर्वाधार विकास तथा शैक्षिक स्तरबारे जानकारी लिएका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise