२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

राजदूत नियुक्ति प्रक्रियाप्रति जसपा रौतहटको ध्यानाकर्षण

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ २६ गते २१:३४
राजदूत नियुक्ति प्रक्रियाप्रति जसपा रौतहटको ध्यानाकर्षण

रौतहट : जनता समाजवादी पार्टी नेपाल रौतहटले मधेश कृषि विश्वविद्यालय राजविराज, मधेश विश्वविद्यालय विरगञ्ज र १८ देशमा राजदूत नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको छ । 

पार्टीले जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी नरेश यादवमार्फत प्रधानमन्त्री कार्यालय तथा मधेश प्रदेश मुख्यमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो । 

एकल पहिचान तथा जातिको भेषभुषा भएको व्यक्तिलाई मात्र नेपाल सरकारले १८ देशमा राजदूत नियुक्त गरेकोमा जनता समाजवादी पार्टी नेपाल रौतहटले आपत्ति जनाएको छ ।

साथै मधेश कृषि विश्वविद्यालय राजविराज र मधेश विश्वविद्यालय विरगञ्जको शैक्षिक कार्यक्रम तथा भौतिक संरचना वातावरण बनाउनेतर्फ जोड दिलाउन मधेश सरकारसँग जोडदार माग गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

राजदूत नियुक्ति प्रक्रिया एकल जातीय भएको ठहर्‍याउँदै सो कार्यलाई समानुपातिक प्रक्रियामा लैजान पार्टीका जिल्ला अध्यक्ष श्यामविहारी यादवको नेतृत्वमा  टोली जिल्ला प्रशासन कार्यालय रौतहट पुगेको थियो । 

सरकारले गरेको निर्णय नसच्याए र मधेश सरकारले विश्वविद्यालय प्रति कुभावना दृष्टिले ठिक गरी कार्य अगाडि नबढाएमा बाध्य बनेर जनता समाजवादी पार्टी रौतहट त्यसको प्रतिकारमा उत्रिने ज्ञापनपत्र उल्लेख गरिएको हो ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय, प्रदेश र जिल्लास्तरका नेता कार्यकर्ताहरुको उपस्थितिमा दिएको ज्ञापनपत्र उल्लेखित समस्याहरुबारे प्रधानमन्त्री कार्यालय तथा मधेश प्रदेश मुख्यमन्त्री कार्यालय समक्ष अवगत गराउने सहायक प्रमुख जिल्ला अधिकारी यादवले प्रतिबद्धता जनाएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise