२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लागुऔषध गाँजासहित पुजारी पक्राउ

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ २७ गते १७:३७
लागुऔषध गाँजासहित पुजारी पक्राउ

रौतहट : रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका धरहरी गाउँका मठको पुजारी गाँजा बिक्री वितरण गर्दै गर्दा रंगेहात पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिका क्षेत्रभित्र रहेको श्री रामजानकी मठको पुजारी ११०० ग्राम गाँजासहित पक्राउ परेका हुन् । 

विगत २० वर्षदेखि श्री रामजानकी मठ धरहरीको पुजारी रहेका महन्त सिकिन्द्र यादवले गाँजा बिक्री वितरण गरिरहेको रहस्य बाहिरिएको छ ।

देवाही गोनाही नगरपालिका वडा नम्बर ९ धरहरी गाउँका पुरानो मठ (श्री रामजानकी मठ) को पुजारी भएर युवाहरुलाई कुलतमा फसाई रहेको सूचना आएपछि देवाही गोनाही ईलाका प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको हो । 

बुधबार बेलुका ४ बजेको समयमा देवाही गोनाही इलाका प्रहरी कार्यालयका कमाण्डबाट खटिएका टोलीले सुराकीको आधारमा रामजानकी मठको पुजारीले ११०० ग्राम गाँजा तथा ३० वटा गाँजा पुरिया बेच्दै गर्दा प्रहरीले  रंगेहात पक्राउ गरेको हो ।

पुजारी यादवलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ । गाँजा बिक्रीवितरण गरेको आरोपमा पुजारीमाथी लागुऔषध ओसारपसार मुदा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise