२०८२ साउन ४ गते आइतवार / Jul 20 , 2025 , Sunday
२०८२ साउन ४ गते आइतवार
Ads

निःशुल्क शिविर : श्रीमान श्रीमतीकै फर्कियो आँखाको ज्योति

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ भदौ २७ गते २१:२५
निःशुल्क शिविर : श्रीमान श्रीमतीकै फर्कियो आँखाको ज्योति

सन्धिखर्क : करिब तीन वर्षपछि आँखाको दृष्टि पुनः स्थापित भएपछि अर्घाखाँचीको शितगंगा  नगरपालिका वडा नम्बर ६ निवासी ५५ वर्षीय सुरेन्द्र गेलाङ र दिनकला गेलाङ दंग छन् । उनीहरु श्रीमान श्रीमती हुन् ।

निःशुल्क आँखा शल्यक्रिया सफल भएपछि उनीहरु मात्रै होइनन् सिंगो परिवारमा खुसीयाली छाएको छ । उनीहरुलाई भेट्न आउने आफन्तको भिडनै लागेको नाति बिष्णु गेलानले बताए  । मोतिया बिन्दु रोगका कारण पूर्णरुपमा आँखाको दृष्टि गुमाएका गेलाङ परिवारका यी श्रीमान श्रीमती आँखाको शल्यक्रिया सफल भएपछि  उज्यालो जीवनमा फर्किएको छ । 

गेलाङका दुई आँखाको शल्यक्रिया सफल भएको आँखा उपचार केन्द्र अर्घाखाँचीका प्रमुख सागर घिमिरेले बताए । यता  सन्धिखर्क नगरपालिका वडा नम्बर १ का ७५ वर्षीय नारायण प्रसाद खनाल पनि खुसी छन् । उनले  केही वर्षदेखि आँखाको समस्या भोगिरहेका खनालले आँखाको शल्यक्रिया गरेपछि तुलनात्मक रुपमा राम्रोसँग देख्न थालेपछि आफु हर्षित भएको बताए ।

नेत्ररोग विशेषज्ञ डाक्टर सूचन पुन र सागर घिमिरेको टिमले सन्धिखर्क आँखा उपचार केन्द्रमा जटिल प्रकारका ७८ जना मतिया बिन्दुका बिरामीको शल्यक्रिया गरी जीवन उज्यालोमा फर्काइदिएको हो ।  सन्धिखर्कमा आयोजित आँखा शिविरमा विभिन्न समयदेखि मोतिया बिन्दुका कारण ज्योति गुमेपछि अन्धकारमा परेका ७८ जनाको सफलतापूर्वक शल्यक्रिया भएको छ । शल्यक्रिया गरिएका सबै बिरामीले आँखा देख्न शुरु गरेको आँखा उपचार केन्द्रका कर्मचारी बलराम घिमिरेले जानकारी दिए ।

मंगलबार र बुधबार भएको शल्यक्रियापछि बिहीबार दिउँसो ७८ जना बिरामीको आँखामा लगाइएको पट्टी खोलिएको थियो । पट्टी खोल्नासाथ अँध्यारोबाट उज्यालोमा फर्किएका बिरामीमा खुसीको सीमा थिएन । ज्योति फर्किएपछि केहीले गीत गाउँदै नाचेका थिए  भने केहीले आफन्तसँग खुसियालीका साथ कुरा गरिरहेका थिए  ।
आँखाको पट्टी खोल्दै थप अवस्थाबारे बुझ्न डाक्टर सूचन पुन सागर घिमिरे एक/एक गर्दै सबैको साथमा पुगी ‘आँखाले देख्नु भाछ’ भनि बिरामीलाई सोध्ने क्रममा उनीहरुलाई  हात जोडेर सबैले आँखाको ज्योति फर्काइदिएकोमा धन्यवाद दिएका थिए ।

अर्घाखाँची दिगो विकास केन्द्र र रोटरी क्लव अफ महाराजगञ्ज काठमाडौंको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ अर्घाखाँचीको आयोजनामा सञ्चालन भएको शिविरमा छिमेकी जिल्ला अर्घाखाँची लगायत छिमेकी जिल्लाका गरी ७८ जनाको शल्यक्रिया भएको  अर्घाखाँची दिगो विकास केन्द्रका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर जयबहादुर टण्डनले जानकारी दिए । 

आँखा शिविर नेत्रज्योति संघ अर्घाखाँची आँखा उपचार केन्द्रकै भवन सन्धिखर्कमा सञ्चालन भएको थियोे । नेत्र ज्योति संघ दिगो विकास केन्द्र रोटरी क्लव अफ महाराजगञ्ज काठमाडौंको सहकार्य अर्घाखाँची आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न  भएको हो ।

शिविरको पहिलो र दोस्रो दिन गरी ३ सय ५० जनाले आँखा परीक्षणसहित उपचार सेवा लिएका थिए भने ७८ जना मोतियाबिन्दुका बिरामीको छनोट गरी शल्यक्रिया गरिएको  शिविरमा केही मोतियाबिन्दुका बिरामीको पहिचान समेत गरिएको थियो । 

परीक्षणका क्रममा सेवाग्राहीलाई चस्मा तथा आवश्यकता अनुसारका औषधी समेत निःशुल्क उपलब्ध गराइएको दिगो विकास केन्द्रका उपाध्यक्ष तथा स्वास्थ्य बीमा बोर्डका सदस्य डाक्टर मुक्ति श्रेष्ठले जानकारी दिए ।

शिविरमा डा.सूचन पुन आउने सुनेपछि सामान्यदेखि जटिल प्रकृतिका बिरामीको बाक्लो उपस्थिति रहेको थियो । उनको टिम नै अर्घाखाँचीमा आएर उपचार सेवामा संलग्न हुँदै आएको छ ।

ADV

सम्बन्धित खबर

Advertise