२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेपालसँग नजिक भारतीय नेता येचुरीको निधन

ADV
२०८१ भदौ २८ गते ०६:४०
नेपालसँग नजिक भारतीय नेता येचुरीको निधन

काठमाडौं : भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ । 

नेपाल मामलामा जानकार र नेपालसँग नजिक रहेका मार्क्सवादीका महासचिव येचुरीको निमोनियाका कारण निधन भएको हो । निमोनियाका कारण उनलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनलाई पहिला आपत्कालीन वार्डमा भर्ना गरिएको थियो र फेरि गहन चिकित्सा एकाइ (आइसियु)मा स्थानान्तरण गरिएको थियो । 

सीपीआई (एम)का नेता हन्नान मोल्लाका अनुसार येचुरी लोकतन्त्र, धर्मनिरपेक्षता, एकता र मुलुकको एकताबद्ध प्रगतिको पक्षमा बलियो आवाज थिए । 

३२ वर्षसम्म सिपिएम पोलिटब्युरोमा रहेका र सन् २०१५ देखि पार्टीको महासचिवका रूपमा काम गर्दै आएका येचुरी प्रमुख भारतीय राजनीतिज्ञ थिए । 

यसबाहेक उनले सन् २००५ देखि सन् २०१७ सम्म भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा पश्चिम बंगालको प्रतिनिधित्व गरेका थिए ।

७२ वर्षीय येचुरीको बिहीबार दिउँसो निधन भएको हो । परिवारले उनको शरीर शिक्षण र अनुसन्धान उद्देश्यका लागि एम्स, नयाँदिल्लीलाई दान गरेको छ । 

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)ले आफ्नो महासचिव येचुरीको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै दिल्लीस्थित आफ्नो पार्टीको झन्डा आधा झुकाएर शोक व्यक्त गरेको छ । 

लोकसभामा विपक्षी नेता तथा कांग्रेस नेता राहुल गान्धीले बिहीबार येचुरीको निधनप्रति दुःख व्यक्त गरे । 

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा येचुरीसँगको तस्बिर सेयर गर्दै उनले भनेका छन्, ‘सीताराम येचुरीजी साथी हुनुहुन्थ्यो, हाम्रो मुलुकलाई गहिरोसँग बुझ्ने भारतको विचारको संरक्षक । दुःखको यस घडीमा उहाँको परिवार, इष्टमित्र र अनुयायीहरूप्रति मेरो गहिरो समवेदना ।’

रणनितिक सोच र वक्तृत्वले येचुरी भारतीय वामपन्थी राजनीतिमा प्रभावशाली नेताका रुपमा थिए । सन् २०१६ मा राज्यसभामा उत्कृष्ट सांसदको अवार्ड पाएका उनले सदनमा नागरिकका मुद्दा सशक्त ढंगले उठाएका थिए । 

राजनीतिक जिम्मेवारीका अलावा प्रसिद्ध स्तम्भकार, अर्थशास्त्री र सामाजिक कार्यकर्ताको रूपमा परिचित थिए ।

यचुरीको नेतृत्वमा भारतीय कम्युनिष्ट पार्टीले चुनावी पराजय र आन्तरिक द्वन्द्व लगायत धेरै चुनौतीपूर्ण समयको समेत सामना ग¥यो । यी चुनौतीका बाबजुद पनि उनी पार्टीको सिद्धान्त र लक्ष्यप्रति प्रतिबद्ध रहँदै आएको बताइन्त । व्यापाक आलोचनाका बीचमा पनि उनको वैचारिक प्रतिबद्धतालाई लिएर पक्ष र विपक्ष दुवै पक्षले उनलाई सम्मान गर्दथे । 

ADVADV

सम्बन्धित खबर

Advertise