२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

माओवादी केन्द्रले गर्‍यो पार्टी एकता प्रस्ताव अनुमोदन, एकतापछिको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने

shivam cement
२०८२ कार्तिक १८ गते १७:३८
Shares
माओवादी केन्द्रले गर्‍यो पार्टी एकता प्रस्ताव अनुमोदन, एकतापछिको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने

काठमाडौं : नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीसहित विभिन्न ८ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ । 

बुधबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएयो ।

उनका अनुसार एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी हुने भएको छ । उनले पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिनवाद हुने तथा कार्यक्रम नेपाली विषेशताको वैज्ञानिक समाजवाद हुने पनि बताए ।

उनले पार्टीले एतापछि गर्ने आन्दोलन शान्तिपूर्ण रहने तथा परिस्थितिअनुसार सडक, सदन र सरकार लगायत सबै मोर्चाहरु आन्दोलनको मोर्चा हुने बताए ।

उनले पार्टी एकता राष्ट्रिय सम्मेलन बुधबार काठमाडौंमा आयोजना गरिने पनि बताए । उक्त सम्मेलनबाट पार्टी एकता, पार्टीको घोषणापत्र, अन्तरिम विधान पारित र केन्द्रीय समिति गठन लगायतका कामहरु गरिने सापकोटाको भनाइ छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर