२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

राजनीतिक दलहरु संगठित भएर अघि बढ्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

shivam cement
२०८२ कार्तिक १८ गते १४:५१
Shares
राजनीतिक दलहरु संगठित भएर अघि बढ्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौंः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरु संगठित भएर अघि बढ्नुपर्ने बताएकी छन् ।

प्रतिलिपि नागरिकता लिन मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेकी उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले राजनीतिक दलहरु टुट्नुफुट्नु राम्रो नभएको बताइन् । पार्टीभित्रका मतभेदहरु भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्ने उनकाे भनाइ छ । राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहरु एक हुनुपर्ने बताइन् । 

उनले भनिन्, ‘पार्टीहरु टुट्नु फुट्नु राम्रो कुरा होइन, पार्टीहरु सुसंगठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ । राष्ट्रको शान्तिका लागि पनि पार्टीहरु पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेदहरु पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो ।’

उनले ताजा जनादेशका लागि अहिलेको सरकार गठन भएको बताउँदै निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताइन् । सुरक्षाकर्मीहरुका हातहतियारहरु लुटिएको भन्दै गल्ती गर्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने उनकाे भनाइ छ । राजनीतिक दलहरुलाई पनि बोलाएर संवाद गर्नुपर्ने बताइन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर