
                  
काठमाडौं : सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडको सम्बन्धमा अनुसन्धान गर्न सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन् ।
जाहेरी परेसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान समेत सुरु गरिसकेको छ ।
अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु भइसकेको प्रहरीले जानकारी दिएको छ ।
जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित देशका विभिन्न अदालतमा आगजनी हुँदा ठुलो क्षति भएको थियो ।