२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

जेनजी आन्दोलनको दुरुपयोग गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानमाथि प्रहार गरियोः उपाध्यक्ष पौडेल

shivam cement
२०८२ कार्तिक १८ गते १७:५५
Shares
जेनजी आन्दोलनको दुरुपयोग गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानमाथि प्रहार गरियोः उपाध्यक्ष पौडेल

काठमाडौंः नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत भदौ २३ र २४ गतेको जेनजी ओन्दलनको दुरुपयोग गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानमाथि प्रहार गर्ने काम भएको टिप्पणी गरेका छन् ।

मंगलवार रुपन्देहीमा आयोजित पार्टीको जिल्ला कमिटीको विस्तारित बैठलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमाथिको प्रतिवन्ध हटाउन जेनजी पुस्ताले आन्दोलन गरेको भएपनि आन्दोलनको दुरुपयोग गरी सरकारविरुद्ध संगठित रुपमा प्रहार गर्ने काम भएको टिप्पणी गरे । 

मुलुकलाई देशव्यापी रुपमा आक्रमण गरेर सरकार अपदस्थ गर्ने केही शक्ति समूहको योजना रहेको कुरा अन्ततः पुष्टि भएको उनको भनाइ छ । उनले जेनजी आन्दोलन सफल भइसकेपछि घुसपैठ गर्ने शक्तिहरुको कारण नयाँ बानेश्वर क्षेत्रमा गोली चलाउनुपर्ने स्थिति सिर्जना गरिएको जिकिर गरे । 

उनले अन्तरिम सरकार निर्वाचनको तयारीमा नलागेको आरोप पनि लगाए । सरकारले निर्वाचनको तयारी नगरेर राजनीतिक दल र तिनका नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको पौडेलको आरोप छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर