२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

अर्घाखाँचीमा संविधान दिवस भव्यरुपमा मनाइने

Nada
सूर्यप्रसाद भुसाल
२०८१ भदौ २७ गते २२:३३
Shares
अर्घाखाँचीमा संविधान दिवस भव्यरुपमा मनाइने

अर्घाखाँची : संविधान दिवस–२०८१ भव्य रुपमा सम्पन्न गर्ने अर्घाखाँचीस्थित  सर्वदलिय  बैठकले निर्णय गरेको छ ।

ncell

अर्घाखाँची जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यको अध्यक्षतामा बसेको  सर्वदलीय बैठकले संविधान दिवस २०८१ लाई भव्य रुपले सम्पन्न गर्न  जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाको संयोजकत्वमा संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समिति गठन गर्ने निर्यण गरेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत नुमलाल पन्थिले जानकारी दिए । 

संविधान दिवसको अवसरमा असोज २ गते बिहान ७ बजे जिल्लास्थित सबै सरकारी कार्यालय, सामाजिक महत्वका संघसंस्था तथा ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदा  रहेका स्थलहरुको राष्ट्रसेवक कर्मचारी सुरक्षाकर्मी जनप्रतिनिधि, स्थानीय समाजसेवीहरुको सहभागीतामा सरसफाइ सञ्चालन गर्ने गराउने निर्णय गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए  ।

सर्वपक्षीय निर्णय अनुसार असोज २,३ र ४ गते तीन दिनसम्म जिल्लास्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघसंस्थाका कार्यालयहरुको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा, मर्यादा पूर्वक राखी सजाउने र सोही दिनदेखि साझा सम्पूर्ण  सरकारी कार्यालयहरुमा दिप प्रज्वलन गर्ने गराउने साथै जिल्लास्थित नागरिकहरुलाई समेत तीन दिन आ–आफ्नो घरको छत, बरन्डामा राष्ट्रिय झण्डा सजाउने र दिपावली गर्न आह्वान गर्ने निर्यण गरेको सहायक प्रमुख जिल्ला अधिकारी मेगनाथ पाध्यले बताए ।

दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको अगुवाइमा स्थानीय छापा तथा  विद्युतिय सञ्चार माध्यमबाट संविधान दिवस तथा राष्ट्रिय दिवससँग सम्बन्धित विशेष संवाद परिसंवाद कार्यक्रम सञ्चालन गरी प्रसारण गर्ने समेत बैठकले निर्णय गरेको शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेलले बताए ।

सम्बन्धित खबर