२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

चौथो स्पाइनी ब्याब्लर चलचित्र महोत्सव सम्पन्न

Nada
२०८१ भदौ २८ गते १९:२५
Shares
चौथो स्पाइनी ब्याब्लर चलचित्र महोत्सव सम्पन्न

काठमाडौं : स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेष्टिभल २०२४ सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय विधामा ११ वटा र अन्तर्राष्ट्रिय विधामा ११ वटा गरी २२ वटा विधामा अवार्ड प्रदान गरिएकोे थियो ।

ncell

फिल्म फेष्टिभलमा विभिन्न १७ देशका ९५ भन्दा बढी फिचर लेन्थ, सर्ट लेन्थ, डकुमेन्ट्रीलगायतका चलचित्रहरुको सहभागिता रहेको थियो । एरा प्रोडक्सन प्रा.लि.ले व्यवस्थापन गरेको उक्त कार्यक्रमको निर्देशक कमला जोशी हुन् ।

संस्थाका अध्यक्ष डा. हुस्नेद आजादको सभापतित्वमा सम्पन्न कार्यक्रमका चलचित्र निर्देशक माधवराज खरेल निर्णायक प्रमुख रहेको थिए भने फेष्टिभल कार्यक्रममा अन्तर्राष्ट्रिय निर्णायक सदस्यहरुतर्फ अभिनेता केदार प्रसाद घिमिरे (नेपाल), चलचित्रकर्मीहरु अमोल भगत (भारत), शहादत रसोल बंगलादेश, म्याग्डोलिना कोभ्पास (बेलायत) र सन्तोष सुवेदी (नेपाल) थिए भने राष्ट्रियतर्फका निर्णायक सदस्यहरुमा छायाँकार रविन आचार्य, निर्देशक जीवन थापा, गायिका सरिता भारती, प्रध्यापक यादव गिरी, कलाकार/निर्माता ज्याक श्रेष्ठ, ड्रेस डिजाइनर दिल माया मगर, निर्णायक सदस्यका रुपमा रहेका थिए ।

निर्णायकहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै भाषाका फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्री फिल्म हेरेर उनीहरुले निकालेको निष्कर्षअनुसार निष्पक्ष ढंगले सम्मान प्रदान गरिएको  कार्यक्रमकी निर्देशक कमला जोशीले बताइन् ।

कार्यक्रममा प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएका फिल्म, निर्देशक, प्राविधिक कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो ।

सम्बन्धित खबर