२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लुम्बिनीमा अवैतानिक पर्यटन दूत नियुक्त गरिने

ADV
सपना बोहरा
२०८१ भदौ २८ गते २१:१३
लुम्बिनीमा अवैतानिक पर्यटन दूत नियुक्त गरिने

दाङ : लुम्बिनी प्रदेशमा अवैतानिक पर्यटन दूत नियूक्त गरिने भएको छ । बाह्य पर्यटन भित्र्याएर पर्यटन प्रवर्द्धन गर्नका लागि अवैतनिक  पर्यटन दूत नियुक्त गरिने भएको हो ।  लुम्बिनी प्रदेशमा रहेका पर्यटक स्थलका पर्यटन प्रवद्र्धनका लागि अवैतानिक पर्यटन दूत नियुक्त गरिने भएको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ । 

‘लुम्बिनीमा पर्यटन प्रवद्र्धनको लागि अवैतानिक पर्यटन दूत नियूक्त गर्न लागेको पहिलो हो’उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले  भने ‘मन्त्री स्तरीय निर्णयबाट अवैतनिक पर्यटन दूत नियुक्त गर्ने निर्णय भएको छ ।’

पर्यटन दूत बनाउने मापदण्डबारे  कार्यविधि बन्दै गरेको मन्त्री न्यौपानेले जानकारी दिए । लुम्बिनी प्रदेशको पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्नको लागि नियूक्त गरिने अवैतानिक पर्यटन दूतले पर्यटन व्यवसायमा सहयोग पुग्ने उनले बताए । 

लुम्बिनीको पर्यटन विकासका लागि गठन भएको पर्यटन विकास परिषदको ऐन तयार गर्न मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ । परिषदको बैठकमा तीन पटक वा त्यो भन्दा बढी बैठकमा सहभागी नहुने मनोनित सदस्यहरुलाई परिषदका अध्यक्ष (मन्त्री) ले हटाउन सक्ने निर्णय समेत गरिएको मन्त्रालयले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise