२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

लुम्बिनीमा अवैतानिक पर्यटन दूत नियुक्त गरिने

Nada
सपना बोहरा
२०८१ भदौ २८ गते २१:१३
Shares
लुम्बिनीमा अवैतानिक पर्यटन दूत नियुक्त गरिने

दाङ : लुम्बिनी प्रदेशमा अवैतानिक पर्यटन दूत नियूक्त गरिने भएको छ । बाह्य पर्यटन भित्र्याएर पर्यटन प्रवर्द्धन गर्नका लागि अवैतनिक  पर्यटन दूत नियुक्त गरिने भएको हो ।  लुम्बिनी प्रदेशमा रहेका पर्यटक स्थलका पर्यटन प्रवद्र्धनका लागि अवैतानिक पर्यटन दूत नियुक्त गरिने भएको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ । 

ncell

‘लुम्बिनीमा पर्यटन प्रवद्र्धनको लागि अवैतानिक पर्यटन दूत नियूक्त गर्न लागेको पहिलो हो’उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले  भने ‘मन्त्री स्तरीय निर्णयबाट अवैतनिक पर्यटन दूत नियुक्त गर्ने निर्णय भएको छ ।’

पर्यटन दूत बनाउने मापदण्डबारे  कार्यविधि बन्दै गरेको मन्त्री न्यौपानेले जानकारी दिए । लुम्बिनी प्रदेशको पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्नको लागि नियूक्त गरिने अवैतानिक पर्यटन दूतले पर्यटन व्यवसायमा सहयोग पुग्ने उनले बताए । 

लुम्बिनीको पर्यटन विकासका लागि गठन भएको पर्यटन विकास परिषदको ऐन तयार गर्न मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ । परिषदको बैठकमा तीन पटक वा त्यो भन्दा बढी बैठकमा सहभागी नहुने मनोनित सदस्यहरुलाई परिषदका अध्यक्ष (मन्त्री) ले हटाउन सक्ने निर्णय समेत गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर