२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

युट्युब खुला प्रतियोगिताका विजेतालाई पुरस्कार

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ २८ गते २१:३४
युट्युब खुला प्रतियोगिताका विजेतालाई पुरस्कार

रौटहट : परोहा नगरपालिकामा आयोजना गरिएको अनलाइन युट्युब खुला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।

परोहा नगरपालिका र तराई टप अनलाइनको संयुक्त आयोजनामा ‘हाम्रो जिम्मेवारी आँखा साझेदारी’मूल नाराका साथ सञ्चालन गरिएको सर्ट भिडियो प्रतियोगिताका विजयीलाई शुक्रबार पुरस्कार वितरण गरिएको हो । 

गौर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख अतिथि विजयकुमार सिंहले विजेताहरुलाई नगद, प्रमाण पत्रसहितका पुरस्कार वितरण गरे । 

प्रतियोगितामा रौतहट राजदेवी नगरपालिका वडा नम्वर ९ हाल नेपाल डिजिटल एजुकेशन प्रालि वीरगञ्जमा अध्ययनरत मानसी सिंह प्रथम भएका छन् । उनले नगद पाँच हजार एक सय र प्रशंसा पत्र प्राप्त गरे । 

वीरगञ्ज महानगरपालिका वडा नम्वर १६ घर भएका प्रकाशकुमार राउत दोश्रो भएका छन् । उनले दुई हजार एक सय नगद र सम्मान पत्र प्राप्त गरेका छन् । 
मनरा सिसवा नगरपालिका वडा नम्वर २ भोलही घर भइ मोनास्टिक इन्टरनेशनल एकेडेमी जनकपुरधाममा अध्ययनरत आर्या पाण्डे तेस्रो भएकी छन् । उनले एक हजार एक रुपैयाँ र सम्मान पत्र प्राप्त गरेकी छन् । 

भिडियोहरुको बढी भिउज भएका आधारमा नतिजा प्रकाशन गरेर पुरस्कार तथा सम्मान पत्र वितरण गरिएको आयोजक मुल समितिका पदाधिकारी एवं गौर आँखा अस्पताल कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।

२२ जना प्रतियोगीलाई एक सयको रिचार्ज कार्ड सम्मान स्वरुप दिइने उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise