२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

आर्थिक रूपान्तरण गर्न पूँजीगत खर्च वृद्धि गर्नुपर्नेमा जोड

ADV
मध्यान्ह
२०८१ भदौ २९ गते १२:५२
आर्थिक रूपान्तरण गर्न पूँजीगत खर्च वृद्धि गर्नुपर्नेमा जोड

काठमाडौँ : स्थानीय तहले सामाजिक तथा आर्थिक रूपान्तरण गर्न पूँजीगत खर्च वृद्धि गर्नुका साथै बेरुजु न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।

स्थानीय तह, प्रदेश र संघीय कार्यालयबाट गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रम तथा आयोजनाबारे अनुभव आदानप्रदान गर्न शुक्रबार जिल्ला समन्वय समितिद्वारा आयोजित कार्यक्रममा सहभागीले बेरुजु सुशासनमा बाधक रहेको बताएका थिए । 

छलफलमा सरोकार भएकाले सामाजिक तथा आर्थिक रूपान्तरण गर्न बढ्दै गएको बेरुजु न्यूनीकरण गर्नुपर्ने विचार व्यक्त गरे । काठमाडौँका स्थानीय तहले आफ्नो क्षेत्राधिकारको उचित प्रयोग गरी नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने सहभागीले सुझाव दिए । 

काठमाडौँका महानगरपालिका र अन्य दश नगरपालिकाले एक वर्षभित्र गरेका कार्ययोजना, बजेट विनियोजन, पूर्वाधार विकास, निर्माण, सामाजिक विकास,  खर्चको अवस्था, बेरुजुको अवस्थाबारे समीक्षा गरिएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलगायत प्रशासकीय अधिकृतले स्थानीय तहमा बजेट र कार्ययोजनाबारे जानकारी दिँदै आगामी दिनमा स्थानीय अधिकार थप बलियो बनाउन जनप्रतिनिधि र कर्मचारीको एकापसमा सहकार्य र समन्वयको खाँचो औँल्याए।

काठमाडौँका जिल्ला समन्वय अधिकारी लक्ष्मणविक्रम थापाले स्थानीय तहको पूर्वाधार विकास तथा निर्माणमा सम्बन्धित जिल्लाको भूमिका र जिम्मेवारी सशक्त बनाउन आवश्यक रहेको बताउँदै त्यसका लागि समितिलाई थप अधिकार र सुविधा सम्पन्न बनाउन आवश्यक रहेको विचार व्यक्त गरे । 

काठमाडौँ महानगरपालिका तथा अन्य नगरपालिकाको कार्यप्रगतिका साथै सांस्कृतिक, सामाजिक पक्षबारे प्रस्तुतीकरण गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise