२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

गुणस्तरीय खानेपानी वितरणलाई व्यवस्थित गर्न ल्याब स्थापना गरिँदै

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ भदौ २९ गते २१:५९
गुणस्तरीय खानेपानी वितरणलाई व्यवस्थित गर्न ल्याब स्थापना गरिँदै

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका नागरिकलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराइ सबै जनताको स्वास्थ्यमा सुधार ल्याउन लुम्बिनी सरकारले योजना अगाडि बढाएको  बताएका छन् ।

जनताले खाने गुणस्तरीय खानेपानी वितरणलाई व्यवस्थित  गर्न पहिलो चरणमा प्रदेश स्तरीय  पानी परीक्षण ल्याव त्यस लगतै जिल्ला स्तरमा  ल्याव स्थापना गर्न थालिएको जानकारी दिए ।

शनिबार रूपन्देही शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘एक घर–एक धारा’को अभियानलाई पूरा गर्दै कार्यान्वयन चरणमा रहेका खानेपानी आयोजनालाई सम्पन्न गर्ने लक्ष्य लिएको मुख्यमन्त्रीले दाबी गरे ।

उनले प्रदेश सरकारले आफ्नै खानेपानी ल्याव स्थापना, कपिलवस्तु ल्याव खोल्ने तयारी गरेको बताउँदै खानेपानीको गुणस्तर परीक्षण गरेर पानी खुवाउनुपर्छ भनेर ल्याव स्थापना  गर्न लागिएको बताए । 

मुख्यमन्त्री आचार्यले द्रुत गतिको विकास प्रदेश सरकारको पहिलो आधार भएको बताउँदै समृद्ध  लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउने अभियान पूरा गर्ने योजनामा प्रदेश सरकारका सबै सारथीहरु लागेकोले प्रदेश सरकारले हरेक नागरिक स्वस्थ हुनुपर्छ भन्ने मान्यताका साथ प्रदेशभर अभियान शुरु गरेकोले जनताको सहयोगबाट लुम्बिनी प्रदेशमा खानेपानी, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार गरेर विकास र समृद्धिको मुल फुटाउने गरी अगाडि बढ्ने बताए ।

प्रदेशको पूरानो राजधानी बुटवलमा आएका मुख्यमन्त्री आचार्यले औषधि व्यवसायी संघ रुपन्देहीको सम्मान कार्यक्रम  खानेपानी संस्थाको रजत स्मारक, नवनिर्मित कार्यालय भवनको उद्घाटन र रजत स्मारिकाको विमोचन गरेका छन् । 

रजत जयन्ती मनाउँदै गर्दा खानेपानी उपभोक्ता संस्थाले निर्धारित लक्ष्य हासिल गर्न गरेका योगदान अविस्मरणीय र उल्लेखनीय रहेको मुख्यमन्त्री आचार्यले दाबी गरे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सबै नागरिकलाई गुणस्तरीय खानेपानी पुर्‍याउने लक्ष्य सरकारले पूरा गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद भगवती अधिकारीले रुपन्देही बासिलाई सफा खानेपानी वितरण गर्न सफल भएकोमा शंकर नगर खानेपानी संस्थाका पदाधिकारीलाई धन्यवाद दिइन् ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले पानी शान्तिका लागि, पानी समृद्धिका लागि र पानी जीवनको लागि भएको बताए । सुरक्षित खानेपानीका लागि प्रदेश सरकारसँग स्थानीय सरकारले  समन्वय गरेर  काम गर्ने उनको भनाइ  थियो । संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कमला ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise