२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कुवेतमा नेपालीसहित आप्रवासी कामदारहरु बसेको भवनमा आगलागी, ४३ जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ जेठ ३० गते १६:३०
कुवेतमा नेपालीसहित आप्रवासी कामदारहरु बसेको भवनमा आगलागी, ४३ जनाको मृत्यु

काठमाडौं : कुवेतको माङ्गाफस्थित नेपालीसहित आप्रवासी कामदारहरु बस्दै आएको एक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा भारतीय कामदारसहित नेपाली पनि बस्ने उक्त भवनमा भएको आगलागीबाट मृत्यु, घाइते तथा अंगभंग भएका बिरामीहरुकाे राष्ट्रियता भने खुलाइएकाे छैन ।

शरिरकाे धेरैजसो भाग जलेका कारण शवकाे पहिचानमा समय लाग्न सक्ने बताइएकाे छ। कुवेतस्थित नेपाली दूतावासले पनि मृतक र घाइतेबारे प्रष्ट हुन बाँकी रहेको जनाएको छ ।

आगलागीमा ४८ जना घाइते भएको र उनीहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएकाे छ । बुधवार बिहान साढे चार बजेकाे समयमा ग्यास  सिलिण्डर विष्फोट भएर आगलागी भएको कुवेती सञ्चारमाध्यहरूले जनाएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise