२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

खानेपानी डिभिजन कार्यालय बुटवलको प्रगति शतप्रतिशत

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ ३० गते २२:०१
खानेपानी डिभिजन कार्यालय बुटवलको प्रगति शतप्रतिशत

बुटवल : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देही बुटवलले गत आर्थिक वर्ष २०८०/०८१ सम्पन्न गर्नुपर्ने सबै योजनाहरु सम्पन्न गरेको छ । तर पनि रकम अभावले आर्थिक दायित्व भने आगामी वर्षलाई सरेको छ । 

डिभिजन प्रमुख राजकुमार चौधरीका अनुसार डिभिजन  कार्यालयका कर्मचारीहरुले गुणस्तरीयतामा कमी हुन नदिने गरी फिल्डमा खटिएर काम गरेपछि गत आर्थिक वर्ष शत प्रतिशत काम सम्पन्न भएको हो ।  

डिभिजनको कार्यक्षेत्र बुटवल, नवलपरासी गरी दुई जिल्लामामा ६ कर्मचारीले अनुगमन निरीक्षण गरेर गुणस्तर काम भए÷नभएको प्राविधिक मूल्यांकन गरेर मात्रै यस आर्थिक वर्षमा रकम भुक्तानी गरेको भएपनि रकम अभावका कारण अर्को वर्षका लागि झण्डै ९ करोड रुपैयाँ काम सम्पन्न भएका योजनाको दायित्व सरेको  डिभिजन प्रमुख राजकुमार चौधरीले बताए । 

डिभिजनमा  कार्यालय प्रमुख  राजकुमार चौधरी, इन्जिनियर  आदित्य धिताल, सरोज न्यौपाने, सुनिल कुमार यादव,  लेखा अधिकृत कृष्णप्रसाद बन्जाडे, प्राविधिक अधिकृत ईश्वरी प्रसाद आचार्य,  प्राविधिक अधिकृतहरु  अनिता विश्वकर्मा, जमुनादेवी शाह लगायत दुई जना सवइन्जिनियर प्राविधिक कर्मचारीहरु नियमित रुपमा खानेपानीका कामहरु भएका साइडमा पुगि गुणस्तरीय काम गराउने गरेको बुटवल शंकर नगरका समाजसेवी हिरा बहादुर केसीले बताए ।  डिभिजनका कर्मचारीहरुले राम्रो काम गराएको भन्दै उनीहरुलाई स्थानीय बासिन्दादेखि जनप्रतिनिधिहरुले खुलेरै प्रसंशा गर्ने गरेको बुटवल उपमहानगर पालिका  वडा नम्बर २ का स्थानीयबासी सुरेश केसीले बताए । 

प्रमुख चौधरीको निर्देशनमा कर्मचारी प्राविधिक  फिल्डमा खटिने र गुणस्तरीय छिटोछरितो काम गराउने काममा आफुहरु दिनरात नभनी साइडमा पुगेर काम गरेको कार्यालयका प्राविधिक अधिकृत इश्वरीप्रसाद पौडेललेले  जानकारी दिए । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय रुपन्देही को आर्थिक वर्ष २०८०/२०८१को भौतिक र वित्तीय प्रगति समेत शतप्रतिशत रहेकोले नियमित काममा निकै व्यस्त रहने कर्मचारीहरुका कारण बुटवल खानेपानीले सोचेभन्दा बढी शतप्रतिशत प्रगति हासिल गर्न सफल भएको कार्यालयका कर्मचारीहरुले बताएका छन् । 

प्रमुख  चौधरीसहितका कर्मचारीहरु बिहानदेखि बेलुकासम्म बिदाको दिनपनि नभनी उपभोक्ता र जनताहरुको काममा व्यस्त देखिने गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए । खानेपानी डिभिजन कार्यलयले उपभोक्ता समिति निर्माण व्यवसायीहरुबाट धेरै जस्तो काम गराउने गरेको लेखा अधिकृत कृष्णप्रसाद बन्जाडेले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise