२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

असारे विकासको अन्त्यका लागि वडाले गर्‍यो योजना सम्झौता

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ भदौ ३० गते २२:०३
Shares
असारे विकासको अन्त्यका लागि वडाले गर्‍यो योजना सम्झौता

अर्घाखाँची : अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोकले वडाभित्र रहेका सबै योजनाहरु उपभोक्ता समितिहरुसँग सम्झौता गरी कार्यान्वयन शुरु गरेको छ ।

वडाभित्र रहेका १६ वटा योजनाहरुको वडा कार्यालयमा गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको उपस्थितिमा वडा कार्यालयमा उपभोक्ताहरुसँग सम्झौता गरेर अहिले योजनाहरु कार्यान्वयन  शुरु गरिएको छ । 

यस वर्षको पोखराथोकमा १६ वटा योजना एकैपटक सम्झौता गरी असारे विकासको अत्य गर्ने गरी अहिले नै काम शुरु गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं २ पोखराथोक वडा कार्यालयले आफ्नो वडाभित्र धेरै रचनात्मक काम गर्न सफल भएको स्थानीय श्याम  पोख्रेलले बताए ।

प्युठानमा रहेको देशकै प्रसिद्ध धार्मिक स्थल  स्वर्गद्वारी  सन्धिखर्क नगरपालिका वडा नम्बर ९ मा रहेको अर्घा भगवती  मन्दिरको तिर्थयात्रा गत वर्षको वार्षिक

स्वीकृत कार्यक्रम अनुसार वडाध्यक्ष चन्द्रकान्त पौडेलले गराएपछि पाणिनी वडा नम्बर २ का जेष्ठ नागरिकहरु अहिले पनि तिर्थ यात्राको पर्खाईंमा छन् ।

पाणिनी गाउँपालिका वडा नं २ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत गत वर्ष जंगली जनावरबाट खेति जोगाउन भोटेकुकुर वितरण गरेपछि त्यो कार्यक्रम निकै प्रभावकारी भएकोले यस वर्ष पनि कुकुर वितरण गर्ने  जेष्ठ नागरिक तिर्थ यात्रा कार्यक्रमलाई निरन्तरता दिएको  पाणिनी २ का वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर