२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

चाडपर्व लक्षित कार्यक्रम अगाडि बढाउने तयारीमा छु : प्रजिअ अर्याल

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ भदौ ३१ गते २०:५६
Shares
चाडपर्व लक्षित कार्यक्रम अगाडि बढाउने तयारीमा छु : प्रजिअ अर्याल

अर्घाखाँची : अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले दशैं, तिहार र छठलाई लक्षित गरी चाडपर्व सुरक्षा योजना तत्काल ल्याउने तयारी गर्न निर्देशन दिएका छन् । 

प्रजिअ अर्यालले  क्षमताभन्दा बढी यात्रुहरू राख्ने यातायातका सवारी साधनलाई तत्काल कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको बताउँदै चाडपर्वको समयमा यात्रुवाहक सवारी साधनहरूलाई बढी भाडा असुल्न नदिन प्रहरी परिचालन गर्ने गर्ने बताए । प्रजिअ अर्यालले  सवारी साधनले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा तत्काल कानुनी दायरामा ल्याउने चेतावनी दिए ।

सडकहरुमा हुनसक्ने दुर्घटना, चक्काजामलाई मध्यनजर गर्दै निर्वाधरूपमा सवारीसाधन सञ्चालन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली २४ सैं घण्टा स्टेण्डवाई राख्ने प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

प्रजिअ अर्यालका अनुसार यात्रुहरूलाई आवत–जावतका क्रममा ठगिन तथा विभिन्न किसिमका हैरानी खेप्न नदिन सन्धिखर्क नगरपालिकाको बसपार्क र शान्ति बगैचा काउन्टर आसपासमा ट्राफिकसहितको चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना गरी यात्रुहरूलाई आवश्यक सहयोग गर्ने आफ्नो पहिलो योजना रहेको सुनाए ।

अर्घाखाँची जिल्लामा रहेका क्रियासिल पत्रकारहरुसँग जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा  आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले सवारी दुर्घटनामा नियन्त्रण तथा न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालयले सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी जनचेतना फैलाउने र दुर्घटना न्यूनीकरणका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिने उनले बताए । अर्यालले  जिल्लाको शान्ति सुरक्षामा कुनै पनि अप्रिय घटना हुन नदिने प्रतिबद्धता ब्यक्त  गरे । 

शुक्रबार मात्रै अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका अर्यालले   जिल्लाका विभिन्न क्षेत्रका सरोकारवालासँग भेटघाट गर्ने जिल्लाको बस्तु स्थितिबारे जानकारी लिने र आफ्ना कुरा राख्ने कार्यक्रम अनुसार पत्रकारसँग भेटघाट गरेको बताए ।

अर्घाखाँची रहुञ्जेल यहाँका नागरिकलाई असुरक्षित हुन नदिने र अप्रिय घटनाहरू रोक्नमा कटिवद्ध रहने पनि उनले उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासघका अध्यक्ष अशोक खनाल लगायतका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारीलाई स्वागत गर्दै महत्वपूर्ण सुझावहरु दिएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर