२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

छत्रदेव गाउँपालिकालाई नमुना पालिका बनाउँदै प्रशासकीय अधिकृत पाण्डे

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ ३१ गते २१:४८
छत्रदेव गाउँपालिकालाई नमुना पालिका बनाउँदै प्रशासकीय अधिकृत पाण्डे

अर्घाखाँची : प्रमुख  प्रशासकीय अधिकृतहरुको पालिकाहरु  सञ्चालन गर्ने शैली  फरक–फरक हुने गर्दछ । उनीहरुको स्वभाव, चालचलन र कार्यशैली पनि फरक–फरक हुने गर्दछ । स्वार्थविहीन÷त्यागी मानिस समाज तथा राष्ट्रको लागि महान मानिन्छ । कामलाई नै  प्रमुख  दायित्व सम्झेर निकै प्राथमिकता दिए र काम गर्ने व्यक्तिहरू पनि हाम्रो समाजमा प्रशस्तै छन् ।

यस्तै  अनुशासित अब्बल क्षमता वहान  एक कुशल अधिकृत हुन अर्घाखाँची छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे । पाण्डे  आफ्नो कार्य सम्पादनलाई उत्कृष्ट बनाउन जतिसुकै बेला  तल्लिन देखिन्छन् । गाउँपालिकाका हरेक काम सुशासन पारदर्शिता तवरबाट अगाडि बढाउने अधिकृत कर्मचारीको रुपमा अहिले उनी परिचित भएका  छन् । उनले अहिले छत्रदेव गाउँपालिकामा कार्यालय प्रमुखको रुपमा जनताको सेवा गरिरहेका  छन् । जनताको समस्या र आवश्यकताको मर्म बुझेर हरेक कार्य गर्न राज्यले निर्धारण गरेको समय भन्दा पनि बढी समय उनी गाउँपालिकाको काममा बिताउँछन र अन्य कर्मचारीलाई सोही अनुसार कजाउन सफल भएका हुन् ।

उनी छत्रदेव गाउँपालिकामा आएपछि नियमित  प्रशासनतर्फका गतिविधिहरू थप पारदर्शी ढंगबाट अगाडि बढेको स्थानीयले महसुस गरेको बताउँछन् ।  उनी आएपछि कर्मचारीहरुले काम गर्न आफुहरुलाई  सजिलो भएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी बताउँछन् । सहयोगी भावनाका पाण्डे लामो समय जिल्ला प्रशासन कार्यलयमा बिताएका कारण उनी पालिकाको बारेमा धेरै विज्ञ पनि छन् । जसले गर्दा उनी गाउँपालिकाहरुमा सफल पनि भएका छन् । 

छत्रदेव  गाउँ पालिकाले आर्थिक वर्ष २०८१/०८२ को कृषि तथा पर्यटन प्रवद्र्धन रोजगारी र पूर्वाधारको विकासको साथै उत्पादनमुखी आर्थिक सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान गरिबी असमानता तथा बेरोजगारीको अन्त्य गर्ने उद्देश्यले तथा ‘छत्रदेव महासाज बल्कोट पौवा आकासेदेवि मन्दिरलाई व्यवस्थित गरी पर्यटक हरु  अभियान’को रुपमा ल्याउने दाबी गरे ।

पालिकामा सुशासन कायम गर्न संघ, प्रदेश र स्थानीय तहले मार्गदर्शन गरेका कुराहरूको अनुशरण गरी उनले खरिद प्रक्रिया पारदर्शिता र प्रभावकारी ढंगबाट अगाडि बढाएका छन् । जनताका चाहनाहरू, गुनासाहरू सुन्नका लागि गुनासा पेटिकाहरू, सूचना अधिकारीहरूको पनि व्यवस्था गरी प्रत्यक्ष जनतामाझ पुगेर कार्य गरिरहेको उनले बताए ।

अहिले राज्य पुनर्संरचना र राज्यमा संघीयता कार्यान्वयनमा आएसँगै धेरै अधिकारहरू स्थानीय तहलाई आइसकेको अवस्थामा विभिन्न विचारधारा लक्ष्य लिएर आएका नयाँ जनप्रतिनिधिहरूसँग छलफल भइ सही प्रस्तावहरू सर्वसम्मत रुपमा अगाडि बढाइ आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकासतर्फ पालिकाको काम तीव्र गतिमा अगाडि बढाइरहेको पाण्डेले बताए । 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका पाण्डे कम समयमै छत्रदेव  बासीहरूको  समस्या पूरा गर्न लागि परिरहेका मात्रै छैनन्, काम समेत गरेर देखाएका छन् ।  यसले पालिकामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कर्मचारीहरु बताउँछन् । 

उनी छत्रदेव  गाउँपालिकामा आएदेखि कार्यसम्पादनमा देखिने चुनौतीका बाबजुँद पनि विवादरहित काम गरी उदाहरणीय बन्न सफल भएको स्थानीयको भनाइ छ ।

सस्तो लोकप्रियताका लागि नभइ उनी आफ्नो काम प्रचार–प्रसार नगरी गरिरहेका छन् । जुनसुकै कार्य गर्दा प्रचार–प्रसार भन्दा काम ठूलो बताउने पाण्डे  राम्रो काम गर्ने मानिस सधैँ उचाइमा पुग्ने बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise