काठमाडौं : साउदी अरबको रियादस्थित नेपाली दूतावासले रोजगारीका लागि त्यहाँ पुगेका महिलाहरुको समस्या बढकोे भन्दै छुट्टै गुनासो सुन्ने अधिकारीको व्यवस्था गरेको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबका विभिन्न स्थानहरुमा रहेका विशेषगरी नेपाली महिलाहरुले रोजगारीसँग सम्बन्धित विभिन्न झमेला झेल्नु परेपछि दूतावासले द्वितीय सचिव तारा गौतमलाई राजदूतावासको गुनासो सुन्ने अधिकारीको जिम्मेवारीमा खटाएको हो ।
वैदेशिक रोजगारीका लागि साउदी पुगेका नेपाली महिलाहरुले करारपत्रमा तोकिएको तलव नपाएको, आवासमा न्यूनतम मानवीय सुविधापनि नभएको, महिलासम्बन्धी रोगको औषधी उपचार पनि समयमा नपाएको, बिमा नगरेको, मागपत्रभन्दा बाहिर गएर तीन वर्षको करार गराउने गरेको, व्यवस्थापन वा सुपरभाइजरसँग गुनासो राख्दा नसुन्ने एवं धम्क्याउने गरेको जस्ता नेपाली महिलाहरुले दैनिक रुपमा झेल्नु परेको दुतावासको भनाइ रहेको छ ।
खासगरी ‘सप्लाई’ र ‘कन्ट्राक्टिङ’ कम्पनीमा गएका महिला कामदार बढी समस्यामा परेको भन्दै दूतावासले ती दुई क्षेत्रको मागपत्र प्रमाणीकरण गर्ने काम केही समययता स्थगित गरेको छ ।
उता केन्या प्रहरीले सामुद्रिक तटअवस्थित शहर माम्बासामा लागूऔषध कारोबारको आरोपमा पक्राउ परेकी सुस्मिता कार्कीलाई छानविन पछि रिहा गरेको छ । माम्बासाको न्यालीमा अवस्थित भब्य बंगलामा पुलिसले छापा मार्दा सँगै पक्राउ परेका शिव प्रसाद वस्यालपनि रिहा भएको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies