काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले हालै नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एशोसियशन नेपाल (नेशनल प्याबशन) सँग सम्बन्ध विकास र विस्तार गर्दै इबीएलको सेवाहरु नेशनल प्याबशनको सदस्य स्कुलहरुमा प्रवद्र्धन गर्न साझेदारीपत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौता अनुसार, नेशनल प्याबशनले सदस्य स्कुलहरुमा एभरेष्ट बैंक लिमिटेडको उत्पादन र सेवाहरु प्रवद्र्धन गर्न सहयोग पुर्याउनेछ । ईबीएलले पनि नेशनल प्याबशनको जिल्ला शाखाको सिफारिसमा नेशनल प्याबशनको सदस्य स्कुलहरुलाई (१०.६२५ (बेस रेट २.५०५) आरओआईमा एसएमई ऋण दिने सहमति जनाएको छ ।
साथै दुई संस्थाबीच दिर्घकालिन सहकार्यसम्बन्धी अन्य विभिन्न विषयहरु यस एमओयूमा उल्लेख गरिएको छ । “सर्भिस विथ स्माइल” नारा सहित एभरेष्ट बैंक सदैव ग्राहकहरुको फाइदा र सन्तुष्टिमा केन्द्रित रहेको छ ।
बैंकका सिईओ सोमेश्वर सेठ तथा नेशनल प्याबशनका अध्यक्ष रितु राज सापकोटाले एकआपसमा एमओयू साटा–साट गरेका छन् । एभरेष्ट बैंकले प्रदान गर्ने सेवा तथा सहकार्यका विषयमा नेशनल प्याबशनको वार्षिक अधिवेशनमा छलफल गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies