२०८२ साउन ४ गते आइतवार / Jul 20 , 2025 , Sunday
२०८२ साउन ४ गते आइतवार
Ads

निराशामा रहेका जनतालाई आशामा बदल्ने जिम्मेवारी हाम्रो हो : मन्त्री थापा

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ असोज १ गते २२:२४
निराशामा रहेका जनतालाई आशामा बदल्ने जिम्मेवारी हाम्रो हो : मन्त्री थापा

प्युठान : लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा(रोज राणा)ले लुम्बिनी प्रदेशको सर्वपक्षीय  विकास निर्माण गर्न वर्तमान प्रदेश सरकार आतुर रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन प्यूठान शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रदेश सरकारप्रति जनताको विश्वास बढ्ने गरी निराशामा रहेका नागरिकहरुलाई आशामा बदल्ने ढगले काम गर्नुको विकल्प नभएको बताए । 

मन्त्री थापाले भने,‘प्यूठान जिल्ला अन्य छिमेकी जिल्लाको तुलनामा शिक्षाको क्षेत्रमा  अगाडि भएपनि विकास निर्माणको काममा पछाडि परेको छ । जिल्लाबाट निर्वाचित भएर गएका हामी जस्ता  सांसद मन्त्रीले फर्केर जिल्लालाई नहेर्दा जिल्ला बिर्सदा जिल्लाको खानेपानी, सडक, स्वास्थ्य लगायतका क्षेत्रले, फड्को मार्न नसकेकोले अब आफ्नो काँधमा प्यूठानको विकास गर्ने जिम्मेवारी आएकोले चुनावमा गरेका सबै प्रतिबद्धता पूरा गरेर देखाउने जिकिर गरे ।

मन्त्री थापाले जिल्लाको खानेपानीको समस्या तथा बजेट अभावमा अलपत्र परेका विभिन्न आयोजनाहरुको विषयमा विभिन्न जनगुनासोहरु आइरहेकाले डिभिजन कार्यालयसँग जानकारी लिने तथा समस्या समाधान गर्नेमा लाग्ने बताउँदै मन्त्री थापाले भने, ‘जिल्लामा पूर्ण हुन लागेका, रोकिएका आयोजना के कति छन्, संघ र प्रदेशका आयोजना कति हुन र तिनिहरुको लागत कति भए ?, आयोजनाहरु पूर्ण हुन्छन् भन्ने विवरण लिएर तीव्र गतिमा काम अगाडि बढाइने छ ।’

पार्टी भन्दामाथि उठेर प्यूठान जिल्लाको समग्र बिकासका नित्तित काम गर्न तयार रहेको बताउँदै  प्यूठानी जनताको वास्तविक आवश्यकता के हो ?, त्यसको पहिचान गरी अब आउने बजेट बनाउने  बताए । 

जनतालाई  खानेपानीको सुविधा मात्र नभएर स्वच्छ खानेपानीको व्यवस्थापन गर्नुपर्छ भन्नेमा आफु सचेत रहेको  बताए ।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा एक सय ६८ खानेपानी योजना यो वर्ष पुरा हुने बताउँदै मन्त्री थापाले खानेपानीलाई पहिलो प्राथमिकता दिँदै रोल्पा, बर्दिया र नवलपरासीमा जनताको माग अनुसार  खानेपानी डिभिजन कार्यालय समेत स्थापना गरिएकोले त्यहाँ आवश्यक जनशक्ति समेत छिट्टै व्यवस्थापन गर्ने बताए ।

ADV

सम्बन्धित खबर

Advertise