२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

बेरुजु न्यूनीकरण गर्न अन्तरक्रिया

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ असोज २ गते २१:०६
Shares
बेरुजु न्यूनीकरण गर्न अन्तरक्रिया

अर्घाखाँची : बेरुजु न्यूनीकरण गर्नका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका राष्ट्रिय  महासंघ लुम्बिनी  प्रदेशको आयोजना, जिल्ला समन्वय समिति अर्घाखाँचीको समन्वय तथा सहकार्य, महालेखा परीक्षकको कार्यालय र अख्तियार  दुरुपयोग अनुसन्धान आयोगको सहकार्यमा स्थानीय सरकारमा महालेखा परीक्षणकको कार्यालयले उठाएका सवाल र बेरुजु समपरीक्षणको प्रक्रियामा सरोकारवालाका बिचमा अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको हो । 

गाउँपालिका  राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश  अध्यक्ष  बिष्णु कुमार गिरीको अध्यक्षता, जिल्ला  समन्वय प्रमुख जीवनारायण कोइरालाको  प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेल, भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापा, पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराई, भुमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल , पाणिनि गाउँपालिका उपाध्यक्ष दिपा पोख्रेल पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम, प्रमुख कोष नियन्त्रक छबिन्द्र बेल्वासे, जिल्ला समन्वय अधिकारी, ऋषिराम भुसाल लगायतको उपस्थितिमा कार्यक्रम भएको हो । 

कार्यक्रममा  गाउँपालिका  राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश समन्वय अधिकृत रबिन गौतम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव  ठाकुर प्रसाद आचार्य, महालेखा परीक्षक कार्यालयका नायब उपमहालेखा परीक्षक नारायण एम.सीले कार्यक्रमको सहजीकरण गरेका थिए । महासंघ लुम्बिनी प्रदेश सचिव झग बहादुर विश्वकर्माले कार्यक्रम सञ्चालन र सदस्य दिपा आचर्यको स्वागत मन्तव्य राखेकी थिइन् । 

ताजा खबर

सम्बन्धित खबर