२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

राउटेले मागे दशैं खर्च

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज ३ गते ०६:४०
राउटेले मागे दशैं खर्च

दाङ : घुमन्ते फिरन्ते जीवन बिताउने राउटे समुदायले दशैं खर्च मागेका छन् । राउटे समुदायका अगुवा ६१ वर्षीय दिलबहादुर शाही दशैको जोहो गर्न राउटेहरुको प्रतिनिधित्व गर्दै दशैं खर्च माग्न लुम्बिनी प्रदेश राजधानी देउखुरी पुगेका हुन् ।

बुधबार मुख्यमन्त्री कार्यालयमा देउखुरी पुगेका राउटे मुखिया शाहीले मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटघाट गरे । आफ्नो समुदायका लागि पुग्ने गरि दशैं खर्च उपलब्ध गराईदिन आग्रह गरे ।

उनले  यसवर्ष दशैंमा राउटे समुदायको पुजा भएकोले बोका बली दिनुपर्ने सुनाए । आफ्नो समुदायका लागि एक लाख पचास हजार जति दशैं खर्च दिन आग्रह गरे । 

मख्यमन्त्रीसँगको भेटपछि शाहीले भने, ‘दशैं आइसक्यो, हाम्रो परिवारले  दशैमा बली दिनुपर्छ, खसी बोका खानु पर्छ, सरकारले पैसा दिनु पर्‍यो ।’ 

उनका अनुसार राउटेका ९० घर परिवार छन् । सरकारले दिने सहयोग सबै परिवारलाई बाँडिने उनले प्रतिवद्धता जनाए । 

‘हामीले सरकारको ठुला मान्छे मुख्यमन्त्रीसहित हाकिम पनि भेटेको छौं, पैसा पाईन्छ म खुसीले हिँडे’ शाहीले मध्यान्हसँग भने । 

मुख्यमन्त्री आचार्यले राज्यले राउटे समुदायको दशै खर्चका लागि आबश्यक व्यवस्था गर्ने बताए । 

‘राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने प्रदेश सरकारले सहयोग गर्छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘केही दिनमा सरकारले लिर्णय लिन्छ र केही सहयोग गर्छ । दशै राम्रोसँग मनाउनुस् ।’ 

राउटे समुदायका अगुवा शाहीले मुख्यसचिव महादेव पन्तलाई पनि भेटेका छन् । 

लुम्बिनी प्रदेशको राजधानी देउखुरी राउटेका अगुवा पुग्दा सबैको ध्यान उनिहरूतिर केन्दित भएको थियो ।

राउटेका अगुवा शिरमा ढाका टोपी, खुट्टामा प्लास्टिकको चप्पल, पिठ्यूमा झोलिसहितको ड्रेसमा मुख्यमन्त्रीलाई दशैं खर्च माग्ने गरी भेट्न पुगेका हुन् । 

‘यो काठको कोसी हो हामीले हातैले बनाएको हौँ  यस्तो कोसी बनाउन थालेको धेरै भइसक्यो सरकारले हामीलाई हेरेन’ भन्दै गुनासो पनि गरे । 

राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise