२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कुवेतमा विदेशी कामदार बस्ने भवनमा आगलागी : नेपाली सुरक्षित, ज्यान गुमाउनेमा अधिकांश भारतीय

ADV
२०८१ जेठ ३१ गते ०६:४०
कुवेतमा विदेशी कामदार बस्ने भवनमा आगलागी : नेपाली सुरक्षित, ज्यान गुमाउनेमा अधिकांश भारतीय

काठमाडौं : कुवेतको दक्षिणी शहर मंगाफमा बुधबार नेपालीसहित आप्रवासी कामदारहरु बस्दै आएको एक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । आगलागीमा नेपाली कामदारलाई कुनै क्षति नभएको बताइएको छ ।

मृत्यु हुनेमा ४० जना भारतीय नागरिक रहेको र ३ जनाको राष्ट्रियता पुष्टि हुन बाँकी रहेकोे बताइएको छ । उक्त भवनमा पाँच जना नेपाली कामदार बस्ने गरेकोेमा आगलागीको समयमा दुई जना भवन बाहिर रहेको, भवनभित्र रहेका तीन जना धुवाँको मुस्लोमा परेर अस्पताल भर्ना गरिएकोमा एक जना दिउँसो डिस्चार्ज भएको तथा दुई जना सामान्य उपचारमा रहेकोे कुवेतस्थित नेपाली दूतावासले बताएको छ ।

घटनापछि दिनभर नेपाली परे÷नपरेको अपडेट लिइएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बुधबार बिहान केही नेपाली कामदार परेको खबर आएपनि साँझसम्म कोही नेपाली नपरेको स्पष्ट भएको बताए । 

कुवेतका वरिष्ठ प्रहरी अधिकारीले बुधबार बिहान दक्षिणी कुवेतको मंगाफ शहरको एशियाली मुलुकका आप्रवासी कामदार बस्ने ६ तल्ले भवनमा आगलागी भएको र त्यसमा परेर ४३ जनाको मृत्यु भएको बताएका छन् । आगलागीमा ३० जना घाइते भएका छन् ।  मेजर जनरल रशीद हमदले घटनाको जानकारी स्थानीय समयानुसार बिहान ६ बजे पाएपछि उद्धारको काम तीव्रताका साथ शुरू गरिएको बताएका छन् । उनले भुईंतलाको भान्सामा ग्यासको सिलिन्डर विस्फोट भएपछि शुरु भएको आगो पुरै भवनमा फैलिएको  बताए । 

आगलागी भएको उक्त भवनमा दक्षिण भारतीय राज्य केरलाबाट वैदेशिक रोजगारीमा गएका कामदार बस्दै आएको बताइएको छ । कुवेतका उपप्रधानमन्त्री फहद यूसुफ अल सबाले घटनास्थलको स्थलगत निरीक्षण गरी जाँचबुझको आदेश दिएका छन् ।

आगलागी भएपछि केहीलाई उद्धार गरिएको भन्दै कुवेत प्रहरीले केही कामदारले धुँवाको मुस्लोमा परेर श्वासप्रश्वासका लागि आवश्यक अक्सिजनसमेत नपाएर ज्यान गुमाएको बताएको छ ।

घटनामा मृत्यु भएका कामदारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस जयशंकरले गहिरो दुःख व्यक्त गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise