२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

राष्ट्रसंघमा नेपालको एजेण्डा : जलवायु परिवर्तन

ADV
भावना पाठक
२०८१ असोज ५ गते ०६:४५
राष्ट्रसंघमा नेपालको एजेण्डा : जलवायु परिवर्तन

काठमाडौं : संयुक्त राष्ट्रसंघमा नेपालले जलवायु परिवर्तनको विषय उठाउने भएको छ । 

पपराष्ट्र मन्त्रालयका अनुसार असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । 

त्यसक्रममा जलवायु परिवर्तनले पारेको असरको विषय उठाउने तय भएको हो । संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार अमेरिका प्रस्थान गरेका छन् । 

महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।

प्रधानमन्त्री ओलीले असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । 

अमेरिका जानु अगाडि प्रधानमन्त्री ओलीले गत भदौ ३१ संसदलाई जानकारी गराएका थिए । त्यसक्रममा उनले आन्तरिक मामिलाहरूमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र आफ्नो स्वतन्त्र हैसियतको नीतिमा कुनै हस्तक्षेप अस्वीकार गर्ने नेपालको नीति छ । त्यो कुरा पनि म संयुक्त राष्ट्र संघमा राख्दैछु ।’

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसक्रममा पनि उनले जलवायु परिवर्तनको विषय उठाउने तय भएको हो ।

प्रधानमन्त्रीले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् । 

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन् । 

प्रधानमन्त्री ओलीले भ्रमण क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्ने कार्यक्रम छ । भ्रमणमा प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट्ने प्रयास गर्नेछन् । दुवै देशले भेटका लागि पहल लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise