२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

संविधान दिवसको अवसरमा साउदी अरबको केम्पेसेकी होटलमा नेपाली खानाको विशेष कार्यक्रम 

Nada
अन्जान गुभाजु
२०८१ असोज ५ गते १०:३७
Shares
संविधान दिवसको अवसरमा साउदी अरबको केम्पेसेकी होटलमा नेपाली खानाको विशेष कार्यक्रम 

साउदी अरब : संविधान दिवसको अवसरमा साउदी अरबको ५ तारे होटल केम्पेसेकीमा नेपाली कर्मशील युवाहरूले विशेष कार्यक्रमको आयोजना गरेका छन् । 

ncell

कार्यक्रमको नेतृत्व प्रसिद्ध प्रेस्टी सेभ सरोज थापाले गरेका थिए । जसमा नेपाली खानाको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो । करिब ३५० जना विदेशी नागरिकलाई नेपाली परिकारहरू जस्तै म:म:, फुरौला, सेलरोटी, थुक्पा, सेकुवा, रायोको साग, खसीको पक्कु र खीरको स्वाद चखाइएको थियो ।

कार्यक्रममा नेपाली हिमाल र संस्कृति झल्काउने पोस्टर, भिडियो तथा नेपाली गीतसंगीत प्रस्तुत गरिएको थियो । सहभागी विदेशी नागरिकहरूले नेपाली परिकार र संस्कृतिमा गहिरो रुचि देखाउँदै नेपाल भ्रमणको बाचा गरेका छन् ।

नेपाली संस्कृति र खानाको माध्यमबाट नेपाललाई चिनाउने यस विशेष कार्यक्रमले पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

सम्बन्धित खबर