२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

मौलापुरको निःशुल्क एम्बुलेन्सः सहजै सेवा पाउन नसकेको गुनासो

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असोज ५ गते २१:१०
मौलापुरको निःशुल्क एम्बुलेन्सः सहजै सेवा पाउन नसकेको गुनासो

रौतहट : रौतहट मौलापुर नगरपालिकाले जनतालाई सेवा दिने भन्दै निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन गरेको छ । तर उक्त एम्बुलेन्स सेवाग्राहीलाई चाहिने समयमा नत एम्बुलेन्स जान्छ, नत एम्बुलेन्समा तेलनै हुन्छ । 

शुक्रबार दिउँसो मौलापुर नगरपालिका वडा नम्बर १ मर्जातपुर निवासी कात्तिक केश राय यादव मौलापुरको शहीद चोकमा रहेको स्वास्थ्य चौकीमा एम्बुलेन्सको लागि गए । उनलाई कार्यालय प्रमुख सुवास ठाकुरले एम्बुलेन्स बाहिर गएको बताए । तर एम्बुलेन्स अस्पतालमै रहेको थियो । पछि एम्बुलेन्स अस्पतालमै रहेको सेवाग्राही यादवले बताए पश्चात कार्यालय प्रमुख ठाकुरले एम्बुलेन्सको साँचो समेत आफुलाई थाहा नभएको र एम्बुलेन्स लैजान  चाहेमा नगरपालिकामा सम्पर्क गर्न भने । 

त्यसपश्चात अस्पतालमा दुई पक्षबीच विवाद हुन थालेको यादवले बताए । त्यति हुँदाहुँदै पनि यादवको श्रीमतीको अवस्थालाई गम्भीर रूपमा नलिइ कार्यालय प्रमुख ठाकुर अस्पताल घरतिर लागेका थिए । 

सोही अस्पतालको एक स्टाफ नर्सले एम्बुलेन्सको चालक पासवान बिहानैदेखि भारतको बिहार घोडासाहन गएको बताइन् । 

एम्बुलेन्सको चालक पासवान बाहेक अरु कोइ नभएपछि अस्पतालमा यस्तो हर्कत भएको देखिन्छ । तर समस्या आजको मात्र भएको होइन् । यस्तो समस्या धेरै पटक भएको यादवको भनाइ छ । 

यादवले आफ्नो गर्भवती श्रीमतीको लागि अस्पतालमा एम्बुलेन्सका लागि गएको तथा अस्पतालको कर्मचारी र कार्यालय प्रमुख ठाकुरले गरेको कुराकानी सुनेर आफ्नो पैसा खर्च तिरी अर्को एम्बुलेन्स लगेको बताए । 

यस विषयमा कार्यालय प्रमुख ठाकुरले यसमा आफुहरुको गल्ती नभएको बताए । 

नगरपालिकाले राम्रोसँग सुविधा नदिएका कारण एम्बुलेन्सको सेवा प्रभावकारी रूपमा हुन नसकेको उनले बताए । साथै यादवको दुःखसँग ठाकुरको कुनै सम्बन्ध नरहेको र सामान्य समस्या मात्र रहेको उनले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise