२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

एकीकृत समाजवादीको कार्यदलको बैठक बस्दै, नेताहरुको कार्यविभाजन गर्ने तयारी

ADV
लेखनाथ सिकारु
२०८१ असोज ६ गते ११:५३
एकीकृत समाजवादीको कार्यदलको बैठक बस्दै, नेताहरुको कार्यविभाजन गर्ने तयारी

काठमाडौं : नेकपा एकीकृत समाजवादीको कार्यदलको बैठक बस्दै छ । आज  दिउँसो १२ बजे सात सदस्यीय कार्यदलको बैठक बोलाइएको छ । कार्यदलको बैठकले नेताहरुको कार्यविभाजन गर्ने भएको छ । पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदलले नेताहरुको कार्यविभाजन गर्ने तयारी गरेको हो । 

असार तेस्रो साता १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गर्न सकेको थिएन । उपमहासचिव रामकुमार भट्टराईले आज दिउँसो बस्ने कार्यदलको बैठकले नेताहरूको कार्यविभाजन गर्ने जानकारी दिए । उनका अनुसार कार्यदलले विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्जसम्म तोक्ने छ ।

ADVADV

सम्बन्धित खबर

Advertise