२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

इद अल अजहाको अवसरमा कतारस्थित नेपाली दूतावास दुई दिन बन्द रहने

ADV
तिलु शर्मा पौडेल
२०८१ जेठ ३१ गते १९:१७
इद अल अजहाको अवसरमा कतारस्थित नेपाली दूतावास दुई दिन बन्द रहने

दोहा, कतार : इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान् चाड इद अल अजहाको अवसरमा कतारको अमिरी दिवानले सार्वजनिक बिदाको घोषणा गरेको छ । घोषणा अनुसार मन्त्रालयहरू, अन्य सरकारी निकायहरू र सार्वजनिक संस्थानहरूका लागि आइतबार जुन १६ तारिकबाट जुन २० सम्म पाँच दिन बिदा दिइएको छ । 

इदको अवसरमा कतारस्थित नेपाली दूतावास पनि जुन १६ र १७ तारिक बन्द हुने दूतावासले जनाएको छ । कतार केन्द्रीय बैंक (क्यूसीबी) र कतार वित्तीय बजार प्राधिकरण (क्यूएफएमए) को पर्यवेक्षणमा काम गर्ने बैंक तथा वित्तीय संस्थाहरूले जुन १६ बाट १८ सम्म बिदा दिने घोषणा गरेका छन् । 

कतारको गृह मन्त्रालयले सुरक्षा र ट्राफिक अनुसन्धान विभागहरूले इद अल अजहाको बिदाको समयमा पनि चौबिसै घण्टा काम गर्न जनाएको छ । मन्त्रालयले राहदानी विभाग, राष्ट्रियता र ट्राभल डकुमेन्ट, ट्राफिक तथा फौजदारी प्रमाण तथा सूचना (फिंगरप्रिन्ट)सम्बन्धी सेवा प्रदान गर्ने सेवामूलक विभाग बिहान ८ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने जानकारी सामाजिक सञ्जालमार्फत दिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise