२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

साउदीस्थित दूतावास र महावाणिज्य दूतावासले मनायो संविधान दिवस

ADV
अन्जान गुभाजु
२०८१ असोज ७ गते १८:४९
साउदीस्थित दूतावास र महावाणिज्य दूतावासले मनायो संविधान दिवस

साउदी अरब : नेपाली दूतावास, रियाद र नेपाली महावाणिज्य दूतावास, जेद्दाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ एक कार्यक्रम आयोज गरी मनाएको छ । रियादमा आयोजित कार्यक्रम नेपाली दूतावासका कार्यवाहक राजदूत डा. डमरु बल्लभ पौडेलेको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा पौडेलले संविधानले नेपाली जनतालाई प्रदान गरेका अधिकार, लोकतान्त्रिक मूल्य र नागरिक कर्तव्यबारे चर्चा गर्दै विदेशमा रहेका नेपालीहरूले राष्ट्रको समृद्धिमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मीलगायत २ सय २५ भन्दा बढी नेपालीहरूको सहभागिता रहेको थियो ।

No description available.

यसैगरी, जेद्दामा आयोजित कार्यक्रम नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम महावाणिज्य दूतावासका श्रम सहचारी तम्रराज काफ्लेले सञ्चालन गरेका थिए । समारोहमा एनआरएनए साउदी अरबका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू तथा साउदीमा रहेका नेपालीहरुको उपस्थिति रहेको थियो ।

दुवै समारोहमा नेपालको संविधानले प्रदान गरेका अधिकार र कर्तव्यहरूबारे वक्ताहरूले चर्चा गरेका थिए । जेद्दामा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई महावाणिज्य दूतावासले प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेको थियो ।

No description available.

रियाद र जेद्दा दुवै कार्यक्रमहरूमा संविधान दिवसको अवसरमा एक अर्काबीच शुभकामना आदानप्रदान गर्दै नेपाली समाजको एकता र बन्धुत्वको भावना झल्किएको थियो । उपस्थित अतिथिहरूले नेपाल र नेपालीहरूको उज्ज्वल भविष्यको कामना गर्दै कार्यक्रमको समापन गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise