२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

जेद्दामा नवनियुक्त महावाणिज्यदूत यादवको स्वागत

ADV
अन्जान गुभाजु
२०८१ असोज ७ गते १८:५२
जेद्दामा नवनियुक्त महावाणिज्यदूत यादवको स्वागत

साउदी अरब : नेपाली महावाणिज्य दूतावास, जेद्दा, साउदी अरबमा नवनियुक्त महावाणिज्यदूत सुभाष यादवलाई स्वागत गरिएको छ । महावाणिज्यदूत भुवन पौडेलको नेपाल फिर्तीपछि लगभग एक वर्षसम्म रिक्त रहेको पदमा यादव नियुक्त भएर साउदी आएका हुन् । उनको सम्मानमा संविधान दिवस २०८१ को अवसर पारेर जेद्दामा रहेका विभिन्न नेपाली संघ–संस्थाहरूले उनलाई स्वागत गरे ।

समारोहमा एनआरएनए आरसीसी जेद्दा, आरसीसी जिजान, नेपाली युवा क्लब, तमुधि जेद्दा, नेपाली साझा मञ्च साउदी अरब, रोल्पाली समाज, किराँत यायोख्या राईलगायतका संघ–संस्थाहरूले यादव र उनकी श्रीमतीलाई खादा र दोसल्ला ओढाएर सम्मान गरे ।

स्वागत कार्यक्रमका क्रममा सबै संघ–संस्थाले यादवको कार्यकालमा श्रमिकहरूको हितका लागि सघाउन प्रतिबद्धता व्यक्त गरे । समारोहमा महावाणिज्यदूत यादवले आफूलाई स्वागत गरिएकोमा धन्यवाद व्यक्त गरे । उनले आफ्नो कार्यकालमा सबैसँग सहकार्य गर्दै श्रमिकको हक–हितका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

ADVADV

सम्बन्धित खबर

Advertise