जनकपुर : धनुषमा छुरा प्रहार गरी एकजनाको हत्या भएको छ । मिथिला बिहारी नगरपालिका १० ठेरा बस्ने ६० वर्षका रामवरण शर्माको अज्ञात व्यक्तिले छुरा प्रहारवाट मृत्यु भएको हो ।
आइतबार रातीे तारापट्टि बजारबाट घर फर्किदै गरेको बेला कचुरी नजिकै मोटरसाईकलमा आएका दुईजना अज्ञात व्यक्तिले शर्माको घाँटीमा छुरा प्रहार गरेका हुन् ।
छुरा प्रहारवाट घाइते उनको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies