रुस : रुसको सत्तारूढ युनाइटेड रसिया पार्टीले राजधानी मस्कोको संसद्का लागि भएको मतदानमा गम्भीर पराजय बेहोरेको छ । सत्तारुढ दलले ४५ सदस्यीय संसदमा लगभग एक तिहाइ सिट गुमाएको हो । २६सिटमा जित निकाल्दै सो दलले बहुमत भने कायम राखेको छ ।
राजधानी मस्कोबाट सत्तारुढ दलका प्रमुख नेता आन्द्रेइ मितेलस्की पराजित भएका छन् । विपक्षी उम्मेदवारहरू अयोग्य घोषणा गरिएपछि भएको चुनावमा वामपन्थी, स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका हुन् ।
विपक्षीहरूलाई चुनावी दौडबाट बाहिर राखिएको विरोधमा प्रदर्शन हुँदै आएको थियो । चुनाव लडन प्रतिबन्ध लगाएपछि विपक्षी नेता एलेक्से नभाल्नीले चनाखो भएर मतदान गर्ने रणनीतिलाई प्रवर्द्धन गरेका थिए । मस्को बाहिरका स्थानीय र क्षेत्रीय चुनावमा भने क्रेमलिनको समर्थन पाएका उम्मेदवारहरूले आफ्नो पकड कायमै राखेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies