२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

फस्टायो फूलको व्यापार

Nada
२०८३ कार्तिक २२ गते ०६:३५
Shares
फस्टायो फूलको व्यापार

काठमाडौं : तिहार लागेसँगै फूलको व्यापारले बजारमा रौनक छाएको छ । शहरदेखि गाँउसम्म समेत फूलेको किनमेल हुने थालेको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारमा फूलको माग र कारोबार राम्रै हुने गरेको छ । घर, पसल, कार्यालय तथा मन्दिर सजावटदेखि लक्ष्मीपूजा, भाइटीकाको लागि फूल र मालाको खरिद गरिन्छ । तिहार फूलको सिजन हुदाँ बारीमा फूलखेती गरेर राम्रो आम्दनीको स्रोत बनिरहेको छ । किसान र रोजगारीमा संलग्न हजारौं व्यक्तिका लागि पूmलखेती व्यवसाय आम्दानीको स्रोत बन्दै गएको छ । 

पछिल्लो समय तिहारमा प्लाष्टिकको माला र भारतबाट सयमत्री फूल आयातमा कडाइ गरेसंगै नेपालमा व्यवसायीक फूलखेती फस्टाएको छ । 

तिहारमा सबै भन्दा धेरै बिक्रि हुने सयपत्री र मलखली फूलको व्यवसायी खेति गर्नेको संख्या बढ्दै जाँदा अन्यखेती छोडेर कृषकहरु फूलखेतीतर्फ आकर्षण भइरहेका छन् । 

नेपालमा करिब ६ हजार ९७ सय ३ प्रजाति बिरुवा फूलफूल्ने बिरुवा रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । जसमध्ये ३ सय २४ प्रजाति दुर्लभ वनस्पति नेपालमै मात्र पाइने गरेको छ । फूल फुल्ने बिरुवाहरुको विविधताका आधारमा एशियामा १०औं र विश्वमै २७ औं स्थानमा नेपाल पर्छ ।

नेपालमा पुष्प व्यवसायको सुरुबाट २०११ सालदेखि सुरु भएको नर्सरी व्यवसायीको भनाइ छ । तर पुष्य व्यवसासको  बिकास र बिस्तार भने २०४९ पछि मात्र भएको देखिन्छ । 

पछिल्लो समय पुष्पको व्यवसायीक बिकास तथा प्रबद्र्धन गर्नका लागि संघिय, प्रदेश, स्थानिय सरकारदेखि पुष्प व्यवसायी निकट संघसस्था लागिरहेका छन् । पूmलको व्यावसायी खेती अहिले सातै प्रदेशका मुख्य शहरदेखि ५४ जिल्लामा हुने गरेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठ बताउँछन् ।

नेपालमा ३ सय २५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ । पुष्प व्यवसायमा १४ सय ४५ भन्दा बढि पुष्प व्यवसायी संम्लग्न गरेको एसोसियसनको तथ्याङ छ । पुष्प व्यवसायमा साढे ११ अर्व भन्दा बढि लगानी रहेको अध्यक्ष श्रेष्ठ बताउछन् । आर्थिक वर्ष बर्ष ०८१/८२ मा ३ अर्व ३७ करोडको बार्षिक कारोबार थियो भने आर्थिक वर्ष २०८२/८३ मा १६.९१ प्रतिशतले बढेर ३ अर्व ९४ करोड रुपैयाँ भन्दा बढिको कारोबार भएको अनुमान एसोसियसनको छ । 

तिहारमा ४८ करोडको कारोबार 

पुष्प व्यवसाय पछिल्लो केही वर्षदेखि निरन्तर कारोबार बढिरहेको छ । फूलखेती सदाबहार सिजनका रूपमा विस्तार भइरहेको छ । अध्यक्ष श्रेष्ठले केही वर्षअघि तिहारका लागि समेत भारतबाट फूल आयात गर्नुपर्ने अवस्था रहेको तर अहिले तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले पुग्ने अवस्था रहेको बताए । ‘तिहारमा करिब ५२ लाख विभिन्न फूलका माला आवश्यक पर्ने अनुमान छ । जसबाट करिब ४८ करोडको कारोबार हुने देखिन्छ,’ उनले भने, ‘तिहारमा सयपत्री फूलका ४५ लाख  र मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने अनुमान गरिएको छ ।’ 

५२ लाख माला बिक्री हुँदा ४८ करोड रुपैयाँबराबरको कारोबार हुने अनुमान छ । सबैभन्दा बढी ४५ लाख सयपत्री मालाको कारोबार हुने अपेक्षा गरिएको छ । औसत थोक मूल्य प्रतिमाला ९० रुपैयाँका दरले ४० करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । त्यस्तै, ६ लाख मखमली मालाको औसत थोक मूल्य ४५ रुपैयाँका दरले २ करोड ७० लाख रुपैयाँको कारोबार हुनेछ । गोदावरी मालाको औसत थोक मूल्य प्रतिमाला १ हजार २०० रुपैयाँ कायम हुँदा २० हजार मालाबाट २ करोड ४० लाख रुपैयाँको कारोबार हुने अनुमान छ । विभिन्न फूल मिसाएर बनाइने ६० हजार मिक्स मालाको औसत थोक मूल्य ४०० रुपैयाँका दरले यसको कारोबार पनि २ करोड ४० लाख रुपैयाँबराबरको कारोबार हुने अपेक्षा पुष्प व्यवसायीले गरेका छन् । गत वर्षको तिहारमा व्यावसायिक रूपमा उत्पादित करिब ४० लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष ४५ लाख माला कारोबार हुने अनुमान गरिएको छ । 

प्रत्येक वर्ष बिभिन्न जातमा फूलको माग उच्च छ र तर बजार माग अनुसार उत्पादन पर्याप्त नभएकाले आयातमा निर्भरता बढ्दो छ । तिहारको लागि मखमली र सयपत्रीको मालामा आत्मनिर्भर तर्फ केन्द्रित भएपछि अन्य फूलमा भारतबाट आयात गर्नु पर्ने बाध्यता छ । भन्सार बिभागको तथ्याङ अनुसार आर्थिक बर्ष ०८२/८३ को तथ्याङ अनुसार पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक आयात २६ करोड १३ लाख ७२ हजार रुपैयाँ बराबर भएको छ । तर आर्थिक बर्ष ०८२/८३ को तथ्याङ अनुसार पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक निर्यात मात्र १ करोड १५ लाख ७८ हजार कारोबार भएको छ  । यसले के देखाउछ भने नेपालमा पुष्प व्यवसायको माग र संम्भावना उच्च छ । नेपालमा आयात हुने पुष्प तथा पुष्पजन्य लाइभ प्लान्ट, अनरुटेट कटिङ एण्ड स्लिप, बिभिन्न पुष्पको बीउ बिजनहरु, फ्रेस कट फ्लावरहरु, बल्ब, टयुबर, टयुबर रुटस् आदि रहेको छ ।  नेपालमा भारत,चीन, नेदरल्याण्ड, जापान जर्मनी, थाइल्याण्ड, इजारायल लगायतका देशबाट फूलहरु आयात हुने गरेको भन्सार बिभागको तथ्याङले देखाउँछ । पछिल्लो चार वर्षमा नेपालमा पनि पुष्प व्यवसायी, उत्पादन क्षेत्र, कारोबार बढ्दै गएको छ । तर अझै पनि गुणस्तरीय बीउ–बिरुवा उत्पादन, अनुसन्धान, बजार व्यवस्थापन तथा निर्यात प्रवद्र्धन मैत्री नीति बन्ने हो भने नेपालमा पुष्प व्यवसाय खेती धेरै सम्भावना भएको क्षेत्र बन्नसक्छ ।

laxmi recruitement

सम्बन्धित खबर