२०८१ असोज १० गते बिहिवार / Sep 26 , 2024 , Thursday
२०८१ असोज १० गते बिहिवार

देश हाक्ने जिम्मेवारी आए सफलतापूर्वक निर्वाह गर्छु : देउवा

ADV
महमद सदाब
२०८१ असोज ९ गते २१:५३
देश हाक्ने जिम्मेवारी आए सफलतापूर्वक निर्वाह गर्छु : देउवा

वीरगञ्ज : नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देश हाक्ने जिम्मेवारी फेरि कांग्रेसको काँधमा आए आफुले सफलतापूर्वक निर्वाह गर्ने बताएका छन् । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ मा निर्माण गरिएको आत्माराम ओेझा–दुखा सहनी स्मृति भवनमा सञ्चालित पार्टी कार्यालयको समुद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । 

देउवाले विगतमा पनि उक्त जिम्मेवारी सफलतापूर्वक निभाएको र आउने दिनमा पनि त्यो अवसर कांग्रेस र आफ्नो काँधमा आए सफलतापूर्वक निभाउने बताए ।

सभापति देउवाले आर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा जिल्ला ऐतिहासिक जिल्ला रहेको बताए । 

पर्सा जिल्ला देशकै महत्वपूर्ण जिल्ला भएको भन्दै उनले राणा र पञ्चायतविरुद्ध कांग्रेसले गरेको सशस्त्र संघर्ष पर्साको विरगञ्जबाटै शुरु भएको स्मरण गरे । उनले भने,‘देशको अर्थतन्त्र धान्नेमा पनि पर्साकै अहम् योगदान रहेको छ । विगतमा राणा र पञ्चायतविरुद्धको कांग्रेसले गरेको सशस्त्र संघर्षको बिगुलपनि पर्साकै वीरगञ्जबाटै फुकिएको थियो ।’

पर्सामा कांग्रेसका स्वं.आत्माराम ओझा र दुखा सहनीको नाममा पार्टी कार्यालय भवन निर्माण गरिएको हो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise