२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

एकीकृत समाजवादीका नेताको कार्यविभाजनमा जुटेन सहमति

ADV
लेखनाथ सिकारु
२०८१ असोज १० गते २१:३९
एकीकृत समाजवादीका नेताको कार्यविभाजनमा जुटेन सहमति

काठमाडौं : नेकपा एकीकृत समाजवादीको बिहीबार बसेको कार्यविभाजन कार्यदलले आज पनि सहमति जुटाउन सकेन । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ३ घण्टा बढी बसेको कार्यविभाजन कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको छ । कार्यविभाजनबारे सामान्य छलफल भए पनि नेताहरूबीच सहमति जुट्न नसकेको महासचिव घनश्याम भुसालले जानकरी दिए ।

बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टीभित्रको असन्तुष्टि, महाधिवेशनको समीक्षा र पार्टीभित्रका कमीकमजोरीका बारेमा छलफल गर्नुपर्ने भन्दै लिखित प्रस्ताव पेस गरेका थिए ।

अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, राजेन्द्र पाण्डे र महासचिव भुसाल रहेका छन् ।  कार्यदलले नेताहरूको योगदान र क्षमताको आधारमा कार्यविभाजन गरी सम्बन्धित जिम्मेवारीमा परिचालन गर्ने जनाइएको छ ।

कार्यदलले विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्जसम्म तोक्ने छ । नेताहरूको कार्यविभाजनपछि देशभर संगठन सुदृढीकरणका कार्यक्रम तथा भेला, प्रशिक्षण सञ्चालन गरिने कार्यतालिका तय गर्ने जनाइएको छ  ।

असारमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि विभिन्न विभाग प्रमुख र उपप्रमुख, जिल्ला तथा प्रदेश इन्चार्ज र सहइन्चार्ज, आयोग प्रमुख र उपप्रमुखका साथै जनसंगठन इन्चार्ज तोक्नुपर्ने भए पनि सहमति नजुट्दा ढिलाइ भएको छ ।

कार्यकर्ताको महत्वकांक्षालाई व्यवस्थापन गर्न नसक्दा एकीकृत समाजवादीमा दशौं महाधिवेशनदेखि नै असन्तुष्टि रहँदै आएको छ ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो । महाधिवेशनले तत्कालीन पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको थियो । केन्द्रीय १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य निर्वाचन प्रक्रियाबाट छनोट गरिएको थियो । केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै केन्द्रीय पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ ।

ADVADV

सम्बन्धित खबर

Advertise