२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

वैदेशिक रोजगारमा पठाउने भन्दै लाखौं ठग्ने तीन पक्राउ

Nada
२०८१ असोज १७ गते ०६:३५
Shares
वैदेशिक रोजगारमा पठाउने भन्दै लाखौं ठग्ने तीन पक्राउ

काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, दुबईलगायत देशमा पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

ncell

पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका–९ गच्छे टोल घर भइ काठमाडौंको टोखा नगरपालिका–७ बस्ने ३४ वर्षीय सुदनराज अमात्य, नुवाकोट तादी गाउँपालिका–३ घर भई काठमाडौं टोखा नगरपालिका–९ नयाँ बसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाईं र गुल्मी मालिका गाउँपालिका–६ घर भइ ललितपुर महानगरपालिका–२ गोदावरी बस्ने ३५ वर्षीया विन्दु केसी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

पक्राउ परेकामध्ये सुदनले एक जना पीडितबाट रु पाँच लाख, अन्जनाले एकजना पीडितबाट रु दुई लाख ९० हजार र विन्दुले एकजना पीडितबाट एक लाख पाँच हजार लिइ सम्पर्कविहीन भएका थिए ।

सुदनलाई पुतलीसडकबाट, अन्जनालाई नयाँ बसपार्कबाट र विन्दुलाई ललितपुरको गोदावरीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

ताजा खबर

सम्बन्धित खबर