२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

एनआरएनए एनसीसी कतारले परराष्ट्रमन्त्रीसमक्ष बुझायो श्रमिकका समस्या समेटिएको ज्ञापनपत्र

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज १७ गते २०:२६
एनआरएनए एनसीसी कतारले परराष्ट्रमन्त्रीसमक्ष बुझायो श्रमिकका समस्या समेटिएको ज्ञापनपत्र

दोहा कतार : परराष्ट्रमन्त्री आरजु राणा देउवा ‘एसिया कोअपरेसन डायलग’को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुन कतार आइपुगेकी छिन् । बुधबार उनले उक्त डायलगमा आफ्ना धारणा राखेर नेपाली दूतावास एन खालिद पुगिन् । मन्त्री आउने जानकारीसँगै कतारमा रहेको नेपाली कांग्रेसको वैदेशिक शाखा अन्तर्गतको भातृसंगठन नेपाली जनसम्पर्क समिति र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारले विशेष कार्यक्रमको आयोजना गर्ने तयारीमा थिए । 

नेपालमा आएको बाढी, पहिरो लगायतका कारण देश राष्ट्रिय शोकमा रहेको कारण देखाउँदै पूर्व निर्धारित सबै कार्यक्रमहरू रद्द गरिएको छ । विगत डेढ महिना यता एनसीसी कतारले कतारका विभिन्न संघसंस्थासँग छलफल तथा नेपाली नियोगमा एक कार्यक्रमकाबीच केही दिन पहिले बुझाएको पासपोर्टको स्लट लगायतका समस्या समेटेर तयार पारेको ज्ञापन पत्र मन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रमलाई नेपाली दूतावासको हलमा सारिएको थियो । 

ज्ञापन पत्र बुझाउने क्रममा दूतावास पुगेका अर्का एक नेता चानक पोखरेलले समेत श्रमिकका मुद्दा पढेर र व्याख्यासहित बुझाउन आवश्यक रहेको हुँदा पर्याप्त समय मिलाउन दूतावास समक्ष माग गरे पनि का.वा राजदूत कुमार राईले नसुनेको बताए । 

नेपाली श्रमिकका समस्याको चाङ समेटिएको ज्ञापन पत्र बोकेर दूतावास पुगेका एनसीसी कतारका अध्यक्ष रमेश भट्टसहितलाई नेपाली दूतावासले पर्याप्त समय नदिएको गुनासो भट्टले गरे । उनले हामीलाई ५ मिनेट मात्र समय लिनुहोस् समय अभाव छ भनेर समय दिइएन, तर दूतावासभित्र जनसम्पर्क समितिलाई डेढ घण्टा समय दिएकोप्रति भट्टले रोष व्यक्त गरे । मध्यान्हसँग कुरा गर्दै भट्टले भने,‘हामीले दैनिक श्रमिकसँग जोडिएर काम गर्ने गरेका छौं, तर समय श्रमिकका लागि र श्रमिकका मुद्दामा किन छैन ।’ आफूले बुझ्न नसकेको बताउँदै उनले असन्तुष्टि जाहेर गरे । भट्टका असन्तुष्टिका सवाललाई मध्यान्हकर्मीले नेपाली दूतावासका प्रथम सचिव कृष्ण कुमार सुवेदी समक्ष राख्दा उनले आफूले एनसीसीलाइ सदैव माया र साथ दिएको हुँदा मन्त्रिज्यूले दिएको समयबाट आफूहरूले समय उपलब्ध गराए पनि जनसम्पर्कले बढी समय लिएको र मन्त्रीले नै बढी समय दिएको स्पष्ट पारे  । 

‘पाँच मिनेट भएपनि श्रमिकका समस्या मन्त्री समक्ष लिखित दिऊ भनेपनि मन्त्री आफैले बरु तपाईँहरू परिचय दिनुस् भन्नु भो हामीले आफ्नो पदीय जिम्मेवारी सहितको परिचय दियौं । ‘मन्त्रीज्यूले आफै ज्ञापन पत्र पढेर आश्चर्यता प्रकट गर्नुभयो’ भट्टले भने ।

ज्ञापन पत्रमा कतारमा राहदानी नवीकरणका लागि स्लट नपाउने,  एनसीसी कतारले संस्थाको खर्चमा फोटोकपी मेसिन, कम्प्युटरसहित एक जना कर्मचारी रहने गरी श्रमिक डेस्क राख्नको लागि पटक–पटक अनुमति माग गरेपनि हालसम्म सुनुवाइ हुन नसकेको, राजदूतावासमा डिजिटल भुक्तानीको सुविधा नहुँदा दैनिक सेवाग्राहीले समस्या भोगी रहेको, सरकारले वैदेशिक रोजगारीमा आउने श्रमिकको हितको लागि विभिन्न शुल्क लिने तर विदेशमा आएर समस्यामा परेका नेपाली बिरामी हुँदा, मृत्युवरण गर्दा आर्थिक समस्या देखिने गरेको हुँदा श्रमिक कल्याणकारी कोषको प्रभावकारी सदुपयोग गर्न अनुरोध गरिएको छ ।

ज्ञापन पत्रमा कम्पनीको बारेमा नबुझी डिमाण्ड एप्रभल गर्दा कतारमा आएर समस्यामा पर्ने गरेकोप्रति सजग गराउँदै श्रमिकलाई समस्यामा पारेका कम्पनीलाई पुनः थप डिमाण्ड स्वीकृत गर्ने र कुनै पनि डिमाण्ड स्वीकृत गर्नुपूर्व त्यो कम्पनीको बारेमा बुझेर मात्रै गर्नुपर्ने, दूतावासको नेतृत्वमा न्यूनतम मासिक रूपमा कानूनी तथा समसामयिक जानकारीको लागि सचेतना कार्यक्रम गर्न आवश्यक रहेको जनाइएको छ । 

एउटै कम्पनीमा लामो समयदेखि कार्यरत व्यक्तिको श्रम पुनः नवीकरण गर्दा कम्पनीसँगको सम्झौता पत्र अनिवार्य गर्दा श्रमिकले सास्ती भोगी रहेकोप्रति सचेत गराउँदै कम्पनी परिवर्तन गरेका सँग सम्झौता पत्र अनिवार्य गरेर एउटै कम्पनीमा रहेकाको हकमा श्रम नवीकरण सहज रूपमा गरिनुपर्ने सुझाव उल्लेख गरिएको छ । 

पत्रमा नेपाली राजदूतावास बाट हुने सेवा प्रवाहमा लिइने महँगो सेवा शुल्कलाई समायोजन गरिनु पर्ने, जलेको, च्यातिएको वा अन्य कारणले बिग्रिएको राहदानीको सट्टा नयाँ राहदानीको लागि आवेदन गर्दा न्यूनतम शुल्कमै राहदानी प्रदान गर्न सुझाव दिइएको स्वयमले पढेपछि मन्त्रीलेनै स्लट नपाउने विषयमा आश्रयता प्रकट गर्दै यथाशक्य आफूले सक्ने र मन्त्रालयबाट सम्बोधन गर्न सकिने मुद्रालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रीलाई उद्धृत गर्दै भट्टले मध्याह दैनिकलाई जानकारी दिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise